BICITRA KHABAR

BICITRA KHABAR

मलाई हराउन सबै दल मोर्चाबन्दीमा लागे : प्रचण्ड

२५ कात्तिक, नेपालगञ्ज । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा निर्वाचनमा एमाओवादीलाई हराउन नेकपा-माओवादी, कांग्रेस र एमाले र मधेसी मोर्चाबीच तालमेल भएको दावी गर्नुभएको छ । मेची महाकाली जागरण अभियान अन्तरगत सोमबार नेपालगन्जमो आयोजित चुनावी सभामा प्रचण्डले भन्नुभयो-’एमाओवादीलाई परास्त पार्नको लागि बैद्य माओवादी, मधेसी मोर्चा, एमाले र कांग्रेसले मोर्चाबन्दी गरेर लागेका छन् । उनीहरुको मोर्चाबन्दी खास गरी मलाई परास्त पार्नको लागि हो ।’
शीर्ष नेताहरुको जित सुनिश्चित गर्न चुनावमा होमिनुअघि नै तोलमेल गरेको भए हुने भन्दै उहाँले अब कसैसँग तालमेल हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो-’हाम्रो कसैसंग पनि चुनावी तालमेल छैन । बाँकेमा एमाओवादीका तर्फबाट उम्मेदवार बनेका चारै जनालाई विजय बनाउनुहोस ।’संविधानसभा आफ्नो पार्टीको मात्र एजेण्डा र नीति भएको दावी गर्दै उहाँले भन्नुभयो-’हिजो हाम्रो टाउकाको मूल्य तोक्ने, पटक-पटक संकटकाल बढाउँदै सत्तामा बस्ने कांग्रेस र एमालेको एजेण्डा संविधानसभा र गणतन्त्र घोषणा होइन । यो एजेण्डा यदि कसैको थियो भने त्यो एमाओवादीको नै हो ।’

मधेसवादी दललाई भुरे टुक्रे मधेसवादी दलले केही गर्न नसक्ने भन्दै उहाँले मधेसका जनता स-साना टुक्रे-टाक्रे मधेसवादी दलमा नअल्भिmन आग्रह गर्नु भयो । कांग्रेर्स रुख खोक्रो र धोद्रो भएकोले जनमत बचाउन नसकेको दावी गर्दै उहाँले भन्नुभयो-’रुखलाई जनताले धेरै पटक मौका दिए तर, आफ्नै कारणले खोक्रो र धोद्रो बन्दै जनताले दिएको जनमत बचाउन सकेन । एमालेले पनि आफ्नै नेता मदन भण्डारीलाई बचाउन सकेन । बैचारिक र राजनीतिक अस्तिरताबाट विचलित भएकोले आजको युगमा मुलुकको नेतृत्व गर्नसक्ने क्षमता एमाओवादीसंग मात्रै छ ।’आफ्नो पार्टीले गरेको आन्दोलनको कारण धर्म निरपेक्षता, गणतन्त्रको स्थापनासंगै युगान्तकारी परिवर्तन हुँदै संघियतामा प्रवेश गरेको भनदै उहाँले दुई तिहाई मतदिएमा मुलुकको मुहार नै फेर्ने दावी गर्नुभयो ।आफ्नो पार्टीले समग्र मुलुकको विकासको लागि विशेष आर्थिक प्याकेज लिएर आएको भन्दै प्रचण्डले एमाओवादीले बहुमत ल्याए हिल्सा-हुम्ला-नेपालगन्ज मोटरबाटो, राप्ती नदिको कटान रोक्न तटबन्ध र नेपालगन्जमा क्षेत्रीयस्तरको अन्र्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने योजना सुनाउनु भयो ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More