BICITRA KHABAR

BICITRA KHABAR

आउँदैछ मुस्लिमका लागि हलाल कट कण्डम

टर्कीमा एक अनलाइन सपिङ वेबसाइट हालै सुरुवात भएको छ । उक्त वेबसाइट कुनै चानचुने प्रयोजनका लागि संचालनमा आएको होइन । यसले विशेष गरी मुस्लिमहरुका लागि कण्डम, मसाज तेल तथा अत्तर बेच्दैछ । उक्त अनलाइन इस्लामिक सेक्स सपको नाम हो हलाल सेक्स सप । यो मुस्लिम देशहरुमा खोलिएको यस्तो प्रकारको पहिलो अनलाइन दुकान हो । उक्त अनलाइन बिक्रेताका अनुसार उसका उत्पादनहरुमा सम्पूर्ण रुपमा सुरक्षित सेक्समा ध्यान दिइएको छ र ती इस्लामिक कानून अनुकुल पनि छन् ।

यो वेबसाइट भिजिट गर्ने युजर्सहरुले साइट लगइन गर्ने बित्तिकै दुइवटा सेक्सन देखा पर्नेछन्, जुन महिला र पुरुषका लागि छुट्टाछुट्टै हुनेछन् । त्यसपछि आफ्नो सेक्सन छानेर यस अनलाइन दुकानमार्फत आफुलाई चाहिएको यौन सामाग्री खरीद गर्न सकिनेछ । यसका साथै यस वेबसाइटमा एउटा यस्तो खण्ड पनि छ जहाँ यौनका विषयमा बहस गर्न पाइन्छ । जस्तै मुखमैथुन, इस्लाम धर्ममा यौन सम्पर्कको तरिका लगायतका विषयमा ।यो बिक्रेताले मुस्लिम पुरषका लागि एक विशेष प्रकारको कण्डमको समेत उत्पादन र बिक्रि गर्दैछ, जसको नाम राखेको छ, हलाल कट कण्डोम ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More