BICITRA KHABAR

BICITRA KHABAR

शिकार मेला- जहाँ चीलले जंगली कुकुरको प्राण लिन्छ

किर्गिस्तानको बिशकेक गाउँमा हरेक वर्ष हन्टिङ फेस्टिवल अर्थात शिकार मेला आयोजना गरिन्छ । यस क्रममा देशका अधिकांश ग्रामिण क्षेत्रका मानिसहरुलाई भेला गरिन्छ ।

मेलाको सुरुवात पारम्परिक लोक संगीतबाट सुरु हुन्छ, त्यसपछि पालै पालो सबैले आफ्नो गोल्डेन इगल (चिल)लाई जंगली कुकर र फ्याउरोलाई शिकार गर्न छोड्छन् । जहाँ जंगली कुकर र फ्याउरोलाई लामो डोरीले बाँधिएको हुन्छ, जसका कारण धेरै परसम्म भाग्न सक्दैन ।किर्गितानको ग्रामिण क्षेत्रमा फ्याउरो र जंगली कुकुरले बाख्रा लगायतका पशुपक्षीको शिकार गरेर मानिसहरुलाई हैरान पर्ने गरेका हुन्छन । त्यसको बदला लिन सयौं वर्षदेखि यो मेला मनाउँदै आइएको छ । बाँधिएको जंगली कुकरलाई प्रशिक्षित चिलले ठुङ्दा स्थानीय भने बदला लिएको भन्दै रमाउँछन् ।


Twitter Delicious Facebook Digg Stumbleupon Favorites More