BICITRA KHABAR

BICITRA KHABAR

अन्जु, मिलन, रजिनाको टक्कर, कम छैनन् दुर्गा र प्रविशा पनि

उत्कृष्ट पाश्र्व गायिकाको अवार्ड पाउनको लागि गायिकाहरु अन्जु पन्त, दुर्गा परियार, प्रविशा अधिकारी, मिलन अमात्य र रजिना रिमालले एक अर्कासँग भिडन्त गर्नु पर्ने भएको छ । स्टार एफ एम प्रालीले माघ २० गते आयोजना गर्न लागेको म्यूजिक अवार्डको नोमिनेशन सार्वजनिक गरिएको हो ।वि.सं २०६९ साल साउनदेखि २०७० साल असार मसान्त सम्म एफ.एममा दर्ता भएका गीतसंगीतको आधारमा नोमिनेशन सार्वजनिक गरिएको हो । आयोजकले पहिलो पटक गर्न लागेको अवार्डमा २४ विधा सहभागी छन् । यस्तै अवार्ड समारोहमा एक जना श्रष्टालाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानीत गरिनेछ । यस्तै एक जना संचारकर्मीलाई रेडियोकर्मी सम्मानबाट पनि सम्मानित गरिनेछ ।काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एफ एमका अध्यक्ष प्रदिप कुमार उदयले सिर्जना र सर्जकलाई सम्मान गर्न अवार्ड गर्न लागिएको जानकारी दिए । अवार्डको राष्ट्रिय भावनाको गीतर्फ उन्नती बोहरा, दिनेश अधिकारी, धनराज सुब्बा, रंजना राई, रविन शर्मा उत्कृष्ट ५ मा परेका छन् । यस्तै उत्कृष्ट पप गायिका तर्फ आस्था वी, आस्था राउत, माण्डवी त्रिपाठी, मिलन अमात्य, श्रेया सोताङ नोमिनेशनमा परेका छन् ।

उत्कृष्ट पप गायकतर्फ भने एडि्रयन प्रधान, नविन के भट्टराई, सनुप पौडेल, बाबु बोगटी, हेमन्त रानाको नाम समावेश छ । उत्कृष्ट पप संगीतकारको विधामा कमल खत्री, किरण माइकल, कल्याण सिंह, राजु सिं र सुरेश अधिकारी नोमिनेशनमा छन् ।उत्कृष्ट चलचित्र गीतकारतर्फ अमृत रेग्मी, डाक्टर कृष्णहरी बराल, नरेश भट्टराई, सुरेश अधिकारी र स्वप्नील बराल टप ५ मा पर्न सफल छन् । उत्कृष्ट पाश्र्व गायकको विधामा दिपक लिम्बु, प्रल्हाद तिमिल्सिना, राजेशपायल राई, शिव परियार र स्वरुपराज आचार्य नोमिनेशनमा परेका छन् । उत्कृष्ट चलचित्र संगीतकारतर्फ भने अर्जुन पोखरेल, कालीप्रसाद बास्कोटा, सुरेश अधिकारीको नाम समावेश छ । संगीतकार बसन्त सापकोटा यो विधामा चलचित्र रिदम र नोटबुकबाट नोमिनेशनमा छन् ।अन्य विधामा नोमिनेशनमा परेका ५ मध्ये एकलाई काठमाण्डौमा आयोजना गरिने भव्य समारोहमा अवार्ड वितरण गरिनेछ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More