१९ मंसिर- महिला हिंसाविरुद्धको १६ दिने अभियान जारी रहेको बेला सिरहामा एक बालिका बलात्कार भएपछि गर्भवती भएको घटना सार्वजनिक भएको छ । घटना छ महिनाअघि भए पनि परिवारले मङ्गलबार सार्वजनिक गरेको हो ।भवानीपुर कालाबञ्जर-६ की १४ वर्षकी साह थरकी बालिकालाई स्थानीय ३२ वर्षका किशोरी साहले छ महिनाअघि बलात्कार गरेको र गर्भवती भएपछि मात्र घटना सार्वजनिक भएको हो । भाँडावर्तन माझ्न घरमा बोलाएर बलात्कार गरेको पीडित बालिकाले बताइन् ।न्याय माग्दै इलाका प्रहरी कार्यालय लहान पुगेकी पीडित बालिकाले बलात्कार गरेका साहले यो कुरा कसैलाई भने ज्यान मारिदिने धम्की दिएको बताइन् । धम्कीका कारण घटनाबारे कसैलाई जानकारी नदिएकी बालिका छ महिनाको गर्भवती भएपछि उनकी आमाले मात्र जानकारी पाएकी थिइन् ।आरोपीत साहको विवाह भइसकेको र दुई छोरी रहेको स्थानीयवासी बताउँछन् । पारिवारिक विवादका कारण साहले लामो समयदेखि श्रीमतीलाई छाडेका छन् । यता इलाका प्रहरी कार्यालय लहानका प्रहरीनायब उपरीक्षक कृष्णजी अधिकारीले घटनाबारे जानकारी पाएको र आरोपी साहलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताउनुभयो ।
source : npnews.net



