एजेन्सी संसारमा कुनै न कुनै कुरामा शंका नगर्ने मान्छे त कमै होलान । त्यसमा पनि सबैभन्दा बढी शंका त मायामा नै गर्ने गरिन्छ । संसारमा यस्ता महिला वा पुरुष हुन्छन, जसले सबैभन्दा बढि शंका माया मा नै गर्ने गरेको पाउन सकिन्छ । यति मात्र फरक हुन्छ कि कुन हदसम्म शंका गर्ने भनेर । यस्ता एक पुरुष भेटिएका छन्, उनले आफ्नो श्रीमतीको चरित्रमा शंका लागेपछि ४ वर्षसम्म श्रीमतीको गुप्तांगमा ताल्चा लगाएका छन् । भारतका ३८ वर्षे अटो मेकानिक सोहनलाल चौहानले शंकाकै भरमा आफ्नो श्रीमतीको गुप्तागमा ४ वर्ष ताला लगाएका हुन् । ताला लगाएको अभियोगमा उनलाई भारतको मध्यप्रदेश राज्यको इन्दौर अदालतले १० वर्षको काराबासको सजाय सुनाएको छ । अदालतले उनलाई एक हजार भारतीय रुपैयाँ बराबरको जरिवाना पनि तोकेको छ ।‘सोहनलालले पत्नीको गुप्तांगमा धारिलो हतियारले प्वाल पारेर ताल्चो लगाई असह्य शारीरिक र मानसिक यातना दिएको प्रमाणित हुन्छ,’ अदालतको फैसलामा भनिएको छ ।
यातना सहन नसकेर सन् २०१२ को १६ जुलाईमा ती महिलाले मुसा मार्ने औषधि खाएर आत्महत्या प्रयास गरेकी थिइन् । जाँचका क्रममा चिकित्सकले जनेन्द्रीयमा ताल्चा झुन्ड्याएको फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि पक्राउ परेका सोहनलालविरुद्ध स्थानीय अदालतमा मुद्दा चलेको थियो । यति हुँदाहुँदै पनि पीडित पत्नीले पछि बयान फेरेर श्रीमानलाई जोगाउन खोजेकी थिइन् । तर चिकित्सक र प्रहरीले जुटाएको प्रमाणका आधारमा अदालतले फैसला सुनायो ।चार वर्षअघि श्रीमानले गाँजा सेवन गराएर बेहोस पारेपछि गुप्तांगमा प्वाल पारी ताल्चा लगाइदिएको उनले चिकित्सकलाई बताएकी थिइन् । श्रीमानले बेलाबेलामा ताल्चा लगाउने र खोल्ने गरेको उनले जानकारी दिएकी थिइन् । गुप्तांग संक्रमित भएर हुने दुखाइलाई कम गर्न उनले श्रीमतीलाई अफिम खुवाउँथे । प्रहरीको सहयोगले उक्त ताल्चा खोलिएको थियो । सोहनलालले बिहान काममा जानुअघि पत्नीको गुप्तांगमा ताल्चा लगाउने र राति खोल्ने गर्थे ।त्यसको साँचो भने उनीसँगै हुन्थ्यो । समाजमा निकै असल र सभ्य छविका सोहनलालले यस्तो गर्लान् भन्ने कल्पनासम्म छरछिमेकले गरेका थिएनन् । तर उनी आफ्नी श्रीमतीलाई वरपरका सबै पुरुष खराब र आफूमात्रै असल भएको र अरूसँग नबोल्न भन्दै घरमा लगभग बन्दी बनाएर राखेको खुलासा यस घटनापछि भएको छ ।



