BICITRA KHABAR

BICITRA KHABAR

ठ्याक्कै आइफोन, तर मूल्य २६ सय मात्र

अमेरिकी स्मार्टफोन निर्माता एप्पलको आइफोन बोक्ने धेरैको रहर हुन्छ । तर, यसको चर्को मूल्यका कारण मानिसहरु आफ्नो रहर पूरा गर्न पाइरहेका हुँदैनन् । पछिल्लोपटक चीन र भारतजस्ता ठूलो जनसंख्या भएका मुलुकका लागि लक्षित गरिएका र सस्तो मूल्यका भनिएका आइफोन फाइभ सीजस्ता फोन पनि वास्तविकरुपमा सस्तो हुन सकेनन् । यसलाई लक्षित गरी चिनियाँ र भारतीय फोन निर्माता कम्पनीहरुले आइफोन जस्तै देखिने फोनहरु बजारमा ल्याइरहेका छन् । Karbonn-k1 पछिल्लो पटक भारतीय मोबाइल ब्राण्ड कार्बनले आइफोन ५ जस्तै देखिने फोन बजारमा ल्याउँदैछ । कार्बन के १ नाम दिइएको यसको मोडल र बाहिरी स्वरुप आएफोनको जस्तै छ । कार्बन के १ को पछिल्लो भाग आइफोन ५ जस्तै देखिन्छ । यो बिना टच स्क्रीनको बेसिक एन्ट्री लेवल फोन हो । यसको मूल्य भारु १ हजार ६ सय ८० अर्थात नेपाली २६ सय ८८ पर्छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More