२१ मंसिर, काठमाण्डौ । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधान जारी भएपछिमात्रै राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नु पर्ने वताउनुभएको छ । पार्टी प्यालेस सङ्घले शुक्रवार राजधानीमा आयोजना गरेको कार्यक्रममा सिंहले अन्तरिम संविधानमा नै संविधान जारी नभएसम्म राष्ट्रपति कायम रहने स्पष्ट रुपमा उल्लेख भएकाले त्यसवारेको विवादमा अल्झन नहुने वताउनुभयो ।उहाँले काँग्रेस र एमालेलाई मिलेर जान जनताले म्याण्डेट दिएकाले राष्ट्रपतिवारे बखेडा नझिक्न एमालेलाई आग्रह गर्नु भयो । उहाँले नयाँ संविधान जारी गरेपछि स्वतः राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल सकिने भएकाले अहिले नै राष्ट्रपतिको निर्वाचन गर्न तर्फ लाग्न नहुने वताउनुभयो ।उहाँले चुनाववाट काँग्रेस ठूलो दलका रुपमा स्थापित भएकाले सबैलाई सहमतिमा ल्याएर सरकार तथा संविधान निर्माणका लागि अग्रसर हुने वताउनुभयो । सिंहले ठूलो दल हुनुको नाताले काँग्रेसले नै सरकारको नेतृत्व गर्ने दावी गर्नु भयो ।



