मन नमिलेपछि पती–पत्नी अएअर्काबाट अलग हुन चाहनुलाई अन्यथा मान्न सकिँदैन । मन अन्तै गएपछि भौतिक रुपमा सँगै बस्नुको अर्थ पनि हुँदैन । तर, चीनमा भने अर्को युवकसँग आफ्नो रिलेशनसीप रहेको भन्दै डिभोर्स माग्दा एक युवकले पत्नीको आँखा निकालिदिएका छन् ।आफ्नो पहिलो विवाह असफल भएपछि यूलिन शहरकी ली नामकी ३९ वर्षीय महिलाले गत नोभेम्बरमा लङ नाम गरेका युवकसँग इन्टरनेटमा चिनजान भएको थियो । पहिलो तीन महिना उनीहरुको प्रेम सम्वन्ध निकै राम्रो थियो । हुनान प्रान्तका लङले लीले जे भनेपनि पूरा गर्दै आएका थिए ।तर, लङले आफ्नो परिवारले सुरु गर्न लागेको सुगुरको व्यवसायका लागि १ लाख ५० हजार युआन अर्थात करिव १५ हजार डलरमध्ये आधा रकम सहयोग गर्न पत्नीलाई आग्रह गरे । यो प्रस्ताव लीले अस्वीकार गरेपछि प्रेम जोडीमा विवाद सुरु भएको थियो । आक्रोसित बनेका लङले लीको कपडा च्यात्नुका साथै कुटपिट गरे ।लीले लङबाट अलग हुने प्रयास गरिन् । तर, लङले लीको परिचय पत्र लुकाउनुका साथै परिवारलाई धम्क्याए । त्यसको केही समयपछि लङले लीलाई जवजस्र्ती विवाह मात्र गरेनन, विवाह प्रमाण पत्र पनि लुकाए ।एक दिन सार्वजनिक स्थानमै लीलाई आक्रमण गरेपछि लङलाई प्रहरीले पक्राउ ग¥यो । लङको अनुपस्थितिमा ली सेप्टेम्बरको अन्त्यतिर यूलिन फर्किइन, जहाँ उनको मन अर्कै युवकतिर जान थालेको थियो ।डिसेम्बर १३ मा लङ प्रहरी हिरासतबाट छुटेपछि लीको जीवनले अर्कै मोड लियो । उनले लीको प्रेमीलाई कुटपिट गरे । ली रोक्न गइन् । तर, रिसले आगो भएका लङले आफ्नै हातले लीको देब्रे आँखा नै निकालिदिए ।



