BICITRA KHABAR

BICITRA KHABAR

अवैध यौन क्रियाकलापमा संलग्न दुई भारतीय सहित ८ जना पक्राउ

उद्धव घिमिरे,विराटनगर, मंसिर २२
अवैध यौन क्रियाकलापमा संलग्न रहेको आशंकामा दुई भारतीय सहित आठ जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर–१५ स्थित बस पार्कको विभिन्न होटल तथा लजहरुवाट प्रहरीले छापामारी शनिवार सांझ  उनिहरुलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक रामकुमार यादवको नेतृत्वमा खटिएको टोलीले बस पार्कस्थित एम एस होटल तथा नाम नराखी संचालन गरिएको चमेना गृह तथा लजवाट  चार महिला तथा चार पुरुषलाई आपत्तिजनक अवस्थामा कोठावाट नियन्त्रणमा लिएको हो ।

निरिक्षक यादवले केही दिनअघिदेखि विराटनगर वसपार्क लगायतका आसपास क्षेत्रमा अवैध यौन क्रियाकलाप वृद्धि हुन थालेको जनगुनासो आएपछि त्यसलाई नियन्त्रण गर्न यहां रहेका होटल तथा लजमा छापा मारेको जानकारी दिएका छन् ।नियन्त्रणमा लिएकाहरुलाई आवश्यक अनुसन्धान गरि कार्वाही चलाइने र त्यस्ता होटल तथा लज संचालकहरुलाई समेत यस्ता कार्य नगर्न आग्रह गरिने र त्यसलाई अटेर गरे उनिहरुलाई समेत कार्वाही चलाइने मोरङ प्रहरीले जनाएको छ  ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More