BICITRA KHABAR

BICITRA KHABAR

१० लाखले हेरे ‘सण्डे मर्निङ लभ यु’

भीम निरौलाले गाएको ‘सण्डे मर्निङ लभ यु’लाई युट्युवमा दश लाख दर्शकले हेरेका छन् ।अक्टोवर १२ मा युट्युवमा अपलोड भएको निरौलाको अफिसियल भिडियो डेढ महिनाको अबधिमा यति धेरै दर्शकले हेरिसकेका छन् । जहाँ करिव १२ हजारले यो गीतलाई लाइक गरेका छन भने झण्डै ६ हजारले गीतमाथि प्रतिक्रिया जनाएका छन् । नेपाली गायकको गीत ग्लोबल अडियन्समाझ यति छिटो भाइरल भएको सायद यो पहिलो घटना हो ।हाल बेलायतमा बसोबास गरिरहेका निरौलाले करिव २० बर्षअघि नेपाली लोकगीतहरु गाउँदै आएका थिए । तर, सण्डे मर्निङ लभ युले उनलाई गीतसँगीतको क्षेत्रमा बिश्वब्यापी पहिचान दिलायो । यही गीतकै माध्यमबाट उनी संसारभर छरिएर रहेका नेपालीमाझ चिनिन पनि पाए ।गीत चर्चित भएसँगै अहिले निरौला बिभिन्न सामुदायिक स्टेज कार्यक्रमहरु ब्यस्त हुन थालेका छन् ।
हेर्नुहोस भिडियो

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More