कल्पना दंगाल,
हस्याङ फस्याङ गर्दै उ अफिसबाट निस्कन्छे । लामा लामा पाइला चाल्दै वीर हस्पिटलबाट रत्नपार्कतिर उसका पाइला मोडिन्छ । एकप्रकारको विस्मीत अनुहार लिएर रत्नपार्कमा बस चढ्नेको अनुहार निहाल्छे अनि त्यो भिड साम्य हुने छाँटकाँट नदेखेपछि आफुलाई पनि त्यहि भिड्मा धकेल्छे । उसले त्यो बस जसरी पनि चढ्नै पर्छ अन्यथा घर पुगेर पिता वा पतिलाई स्पष्टिकरण दिनुपर्ने हुन्छ कि,कहाँ के गर्दा कति समय नष्ट भयो । अनि घर पुगेर भात भान्छा पनि गर्नै पर्छ,सानासाना नानी सम्हाल्नै पर्छ या आमालाई चुल्हा चौकामा सघाउनै पर्छ,क्याम्पसका पाठ्यक्रम पनि त पल्टाउनै पर्छ । जसरी तसरी उ बस चढ्छे । आफुलाई अस्तव्यस्त फाल्दै उ बसको डण्डि समाउछे । भिडभित्रका हातहरु उसको कम्बर,नितम्ब तथा अन्यत्र सलबलाउन थालिसकेका हुन्छन् तर उ निरिह बन्दै सहन्छे ।
के भनोस उ ति हातका मालिकहरुलाई,कसरी प्रतिकार गरोस ति व्यवहार र ति हेर्ने आँखाका तृष्णाहरुलाई ? त्यो भिड्मा उसलाई आफ्नो भन्दा धेरै ब्यागमा राखेको चार पाँच सय रुपैयाँको डर हुन्छ अनि उ ब्याग काखि च्याप्छे । व्यस्त सडक अनि सवारी र त्यसमाथि अझै व्यस्त हामि । तछाड मछाड ग¥यो बस चढ्यो । आखिर अर्को विकल्प पनि त छैन । उभिन पाएकैमा पनि गर्व गरिरहेको हुन्छे उ, न त उ आफुलाई सम्हाल्न सक्ने अवस्थामा हुन्छे न त त्यसतर्फ ध्यान दिएर बस्ने मौका नै हुन्छ,तर कैयौ आँखाहरु त्यहि क्षणहरु कुरेर बसिरहेका हुँदा रहेछ्न ।माथिको अनुच्छेद कुनै कथाको अंश होइन,महिलाहरुले सार्वजनिक यातायातमा यात्राका क्रममा भोगेको अनुभव हो । नेपालका ९९ प्रतिशत महिलाको अवस्था निजि सवारी लिएर हिड्न सक्ने हैसियतको छैन । त्यसमाथि सार्वजनिक यातायातको यात्रा पनि शारिरीक तथा मानसिक हिसाबले जोखिमपूर्ण नै पाइएको छ । गुडिरहेको सवारीभित्रै पनि बलात्कारका घटनाहरु हुने गरेको सर्वविदितै छ । हामि धेरैले अनुभव गरेकै छौ कि यात्राका क्रममा छुने,ठेलिन आउने,हातहरु तथा जिउले घच्चा लगाउने,निदाएको अभिनय गर्दै कुममा टाँसिने,जाँड रक्सि खाएर महिलाका अङ्गप्रत्याङ्गका कुरा गर्ने,छाडा शब्द बोल्ने,इशारा गर्ने जस्ता व्यवहारहरु महिलामाथि हुने गर्दछन् । तर यि तथा यस्ता व्यवहारबाट कसरी मुक्ति पाउने त हामिसंग कुनै समाधान पनि त छैन । प्लिज अलि पर सर्नुस न भन्दा यस्तो मान्छे कार लिएर हिड्नु नि भन्ने उत्तर आउछ । अनि भैएन त नाजवाफ ? यौन दुव्र्यवहारका घटना यि यातायातका केहि पुरुष यात्रुबाट मात्रै होइन गाडीका चालक सहचालकहरुबाटै पनि हुने गरेको पाइन्छ ।शारिरीक तथा मानसिक रुपमा महिलामाथि हुने यौनजन्य हिंसाको कानुनि उपचारको व्यवस्था त छ तर उजुर गर्नका लागी कुन सबुत प्रमाण लिएर महिला कानुनी उपचारका लागी कसरी जाने त ? कानुनि कठघरामासम्म पिडकलाई कसरी पु¥याउने भन्ने पनि हामिसंग कुनै आधार छैन । फेरि अर्को कुरा हाम्रो समाज यति धेरै अन्धो छ कि यहाँ अन्यायका विरुद्धमा जाँदा बेइज्जत हुन्छ भन्ने पुरातनवादी सोच हावि छ । पिडित यसै पनि उसै पनि अन्यायमै पर्न जाने भएको हुँदा पनि कानुनि उपचारमा यावत कारणहरुले गर्दा जान सक्दैन । सरकारले सार्वजनिक सवारीमा महिला आरक्षण सिटको व्यवस्था पनि गरेको छ तर अनुगमन फितलो भएका कारण शिक्षित युवाहरुनै पनि महिला तथा अपाङ्ग आरक्षण लेखिएको सिटमा बेशर्मि भएर बसिरहेका हुन्छन् । सबल तथा सशक्त महिलाहरुका लागी आरक्षण सिट चाँहिदैन तर गर्भवती तथा सानासाना नानीहरुका आमाहरु त्यसैगरी अपाङ्गता भएका व्यक्तिहरुका लागी भने आरक्षण सिट राख्नैपर्ने र यसको अनुगमन गर्नेै पर्ने हुन्छ ।सार्वजनिक यातायातको यात्रा महिलाहरुका लागी जोखिमपूर्ण छ । अपराधको जरैदेखि न्यूनिकरण गरेर यौनजन्यहिंसाको न्युनिकरण गर्नु नै बुद्धिमानी हुन आउछ । प्रभावकारी रुपमा सार्वजनिक यातायातको अनुगमन गर्ने अथवा सिसिटिभिको व्यवस्था गर्ने लगायतका क्रियाकलापलाई प्राथमिकता दिने हो भने एक त यौन दुव्र्यवहारमा कमि आउँछ भने अर्कोतर्फ चोरी डकैतिका केसहरु पनि मत्थर हुँदै जान्छन् । नियम कानुन व्यवस्था गरेर मात्रै हुँदैन त्यो कत्तिको प्रभावकारी तथा सम्भव छ त्यो पनि बुझ्नु आवश्यक छ ।
source : merojilla.com


