BICITRA KHABAR

BICITRA KHABAR

गुप्तांगमा राखेर ५४ तोला सुन तस्करी

६ माघ, काठमाण्डौ । नेपाल चीन नाका खासावाट अबैध रुपमा भित्र्याइएका सुन प्रहरीले धमाधम बरामद गर्न थालेपछि तस्कर गिरोहले महिलाको गुप्तांगमा राखेर तस्करी थालेको तथ्य फेला परेको छ ।महानगरीय प्रहरी परिसर भक्तपुरले शनिवार राति विशेष सुराकीका आधारमा तीन महिलाको भित्री अंग गुप्तांगबाट ५४ तोला सुनसहित उनीहरुलाई पक्राउ गरेपछि यस्तो तथ्य खुलासा भएको हो । अरनिको राजमार्गअन्तर्गत भक्तपुर चित्तपोल ५ बाट शनिवार राति उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । सुन भरियाहरु धमाधम पक्राउ पर्न थालेपछि तस्कर समूहले सो जुक्ति अपनाउन थालेको हो । रातको समयमा भाडाका गाडी प्रयोग गरी तस्करले महिलालाई माध्यम बनाएर संवेदनशील अंगमा लुकाई सुन तस्करी थालेको प्रहरीले जनाएको छ । तातोपानी खासाबाट बा ७ च ३४१९८ नम्बरको भाडाको सवारी साधनमा सवार महिलाले शरीरका भित्री भागमा अबैध सुन लुकाई ल्याएको विशेष सुराकीका आधारमा चेकजाँच गर्दा सुनसहित पक्राउ गर्न सफल भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रमेश थापाले वताए । अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत भक्तपुरमा तातोपानीबाट आइरहेको गाडीमा सवार यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा ५४ तोला ६५ लाल अर्थात ६ सय ६७ ग्राम अबैध सुन बरामद भएको प्रबक्ता थालो वताए । आजको राजधानी दैनिकले समाचार छापेको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More