BICITRA KHABAR

BICITRA KHABAR

जग्गा दिने भन्दै माओवादी नेताले बाढी पीडितसँग रकम लिएको खुलासा

डोटी, पुस ९ – जग्गा दिने भन्दै माओवादी नेताले डडेल्धुरा जोगबुढाका बाढी पीडितसँग रकम लिएको खुलासा भएको छ ।रंगुन र पुन्तरा नदीले ६ वर्षअघि घरखेत बगाएपछि कञ्चनपुरमा जग्गा दिने भन्दै तत्कालीन एमाओवादी सभासद् कमल क्षेत्रीले ६ लाख ५३ हजार रुपैयाँ लिएका पीडितले बताएका छन् । माओवादीले कञ्चनपुरको कृष्णपुर गाविसमा सरकारी जंगलमा शिविर राखेर बस्ने ब्यवस्था गर्ने भन्दै रकम लिएका हुन् । घरबारविहीन भएका बेला जग्गा दिने भनेपछि गरगहना बेचेर रकम उठाएर दिएको पीडितहरुको भनाई छ ।

२०६४ साल असोजमा आएको बाढीले घरबारविहीन भएका सिमलखेत बासीले एकीकृत माओवादीका स्थानीय कार्यकर्ता भगतसिंह थारु र इन्द्र साउद मार्फत क्षेत्रीलाइ रकम दिएको दाबी गरेका छन् । कञ्चनपुर लगेर जग्गा दिनुको साटो आफुहरुलाई कुटेर पठाएको स्थानीय अगुवा दिलबहादुर मगरले गुनासो गर्नुभयोहाल नेकपा–माओवादीमा रहेका नेता कमल क्षेत्रीले भने यो कुरा गलत भएको दाबी गर्नुभएको छ । त्यतिबेला स्थानीय वन समूहका अध्यक्षहरुलाई जग्गा मिलाइदिन केही ब्यक्तिहरुले रकम दिएको तर आफुले कसैबाट रकम नलिएको उहाँले जिकिर गर्नुभयो ।कृष्णपुरका दुई वटा सामुदायिक वनका अध्यक्षबाट त्यो रकम बरामद भएपछि त्यसै रकमबाट स्थानीय बिद्यालयको दुई वटा कोठा निर्माण गरिएको उहाँले बताउनुभयो ।
   ग रकम लिएको जग्गा दिने भन्दै माओवादी नेताले बाढी पीडित सँखुलासा 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More