BICITRA KHABAR

BICITRA KHABAR

वैदेशिक रोजगारीको नाममा लाखौं ठगी गर्ने पक्राउ

९ पुस, काठमाडौं । वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन एवंम लाखौं ठगी गर्ने भीमप्रकाश रोका मगर पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले भीमप्रकाशलार्इ सुनसरी धरानबाट पक्राउ परेको होडेनमार्क लगायतका मुलुकमा आकर्षक रोजगारी लगाई दिने प्रलोभन देखाई राजेन्द्र प्रसाद चौधरीसमेतबाट २८ लाख ३५ हजार रकम ठगी गरेको मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणले गत चैत २० गते रोल्पा कोटगाउं-६ का भीमप्रकाशलार्इ ३ वर्ष ६ महिना कैंद र ३ लाख जरिवानाको फैसला सुनाएको थियो ।
प्रारम्भिक अनुसन्धानबाट उनले काठमाडौंको ईचङ्गुनारायण १ का रत्न बहादुर लामा, विरमान तामाङ, रामकोटका शैलेन्द्र लामा, गोरखा थालाजुङका को जीवन देवकोटासहसत ९ जनालाई चाईना हुंदै रसिया लैजाने र त्यहाँ ३ देखि ६ महिना सम्म होटेल रेष्ट्रुरेन्ट सम्वन्धी तालिम गरि युरोपेली देशमा रोजगारी दिने भन्दै ३६ लाख ५० हजार रकम लिएको खुलेको छ ।

मंसिर १० गते फ्लाइट छ भन्दै ९ जनालार्इ त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलमा बोलाएर भीमप्रकाश सम्पर्कविहीन भएका थिए । उनलार्इ महानगरी प्रहरी परिसर हनुमानढोकामा ठगी मुद्दाको कसुरमा थप अनुसन्धान एवंम आवश्यक कारवाहीको लागी पठाईएको छ ।भीमप्रकाशलाई मानव बेचबिखन तथा ओसारपसार एवंम वैदेशिक रोजगार सम्वन्धी कसुरमा समेत कारवाही चलाउने तयारी गरिएको सीआईबीले जनाएको छ वैदेशिक रोजगारीको नाममा लाखौं ठगी गर्ने भिमप्रकाश पक्राउ 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More