१० पुस, काठमाडौं । कोरियाली नागरिकसँग बिहे गरेर उतै बसोबास गर्दै आएका नेपाली युवतीहरु चर्को घरेलु हिंसामा परेको एक अध्ययनले देखाएको छ ।राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार अधिकांश महिला कोरियामा अमानवीय वातावरणमा पिल्सिइरहेका छन् ।
‘केही केहीले सुख पनि पाएका छन्,’ अध्ययन टोलीमा सामेल आयोगका निवर्तमान सदस्य गौरी प्रधानले भने,’ तर धेरै युवती दुःखमा बाँचिरहेका छन् ।’आयोगका तत्कालीन अध्यक्ष केदारनाथ उपाध्याय र सदस्यद्वय रानगिना सिंह तथा प्रधानको टोलीले गत अगस्टमा कोरिया र मलेसियाको स्थलगत भ्रमण गरेर त्यहाँका नेपाली कामदार र बिहे गरेर गएका महिलाहरुकोबारेमा खोजविन गरेको थियो ।आयोगले यसरी विदेशमा गएर आफ्ना देशका नागरिकको मानव अधिकारका अवस्थामा गरेको यो पहिलो अध्ययन हो । कोरियामा नेपाली कामदारको अवस्थाबारे सम्बोधन गर्नुपर्ने महत्वपूर्ण विषयमध्ये महिलाको स्थिति पनि पहिलो भएको प्रधानले बताए ।आयोगका अनुसार हालसम्म कोरियामा एक हजार नेपाली युवतीले कोरियन युवकसँग विवाह गरी बसोबास गर्दै आएका छन् ।
कोरियामा नेपाली महिलामाथि घरेलु हिंसा धेरै



