BICITRA KHABAR

BICITRA KHABAR

अब ५ सयको भारु बोकेर नेपाल पस्न पाइने भारुमाथिको प्रतिबन्ध फुकुवा भएको दाबी

१० पुस, काठमाडौं । नेपालमा घुम्न या व्यवसाय गर्न आउने भारतीयहरुले अबदेखि ५ सय को भारतीय नोट बोकेवापत दुख नपाउने भएका छन् । नेपालमा नक्कली भारतीय रुपैयाँको कारोबार बढेको भन्दै भारतीय पक्षले नै गुनासो गरेपछि अहिलेसम्म भारु ५ सय र हजारको नोटको खुल्ला कारोबार हुँदैनथ्यो ।तर, अब भारतीय पर्यटकले यस्ता नोट बोकेर नेपाल पसेको खण्डमा ती नोट सहजरुपमा नेपालमा चल्ने भएको भन्दै भारतीयहरुले खुशी व्यक्त गरेका हुन् । एक सय भन्दा माथिका नोट अधिकतम २५ हजारसम्म नेपाल ल्याउन पाइने सहमति भएपछि नेपाल छिर्ने भारतीयलार्इ सहज हुने भएको हो । यसैसाता काठमाडौंमा सम्पन्न दुई देशीय वाणिज्य तथा पारवाहन सम्बन्धी वार्तामा भारतीय पक्षले गरेको अनुरोधअनुसार नेपालले यी नोटमाथि लागेको प्रतिबन्ध खोल्न सहमति जनाएको भारतीय समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ ।नेपालमा भारु ५ सय र हजारको नोट फुकुवा भएपछि भारतीय पर्यटकहरुलाई सहज हुने पिटिआईले उल्लेख गरेको छ । तर, यसबाट नक्कली भारुका कारोबारीहरुबाट नेपालीहरु ठगिन सक्ने खतरा पनि उत्तिकै बढ्न सक्ने देखिन्छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More