८ पुस, ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रशिद्ध तीर्थस्थल पाथिभरा क्षेत्रमा फोहोर बढ्न थालेपनि सरसफाईका लागि सम्बन्धित निकायले चासो नदिएपछि सुरक्षामा खटिने नेपाली सेना फोहोर व्यवस्थापनमा जुटेको छ । पाथिभरा क्षेत्रलाई प्लास्टिक मुक्त क्षेत्र घोषणा गरेको लामो समय भइसक्दा पनि सरसफाईमा पाथिभरा क्षेत्रमा काम गरिरहेका सरकारी तथा गैरसरकारी संस्थाले चासो नदिएपछि श्रीवक्स गुल्म ताप्लेजुङको पहलमा सरसफाई अभियना थलोको हो ।
नेपालका सबै जिल्ला र विभिन्न देशवाट समेत दर्शन गर्न तीर्थयात्री आउने यस धार्मिकस्थलको विकास र व्यवस्थापनमा काम गर्ने गैरसरकारी संस्था पाथिभरा देवी मन्दिर संरक्षण तथा सम्बर्धन समितिका साथै सरकारी संस्था पाथिभरा क्षेत्र विकास समिति र जिल्ला विकास समितिले चासो नदिएपछि सेना नै सरसफाईको अभियनामा जुटेको हो ।देशका विशिष्ठ व्याक्ति र विभिन्न जिल्लाका तीर्थयात्री आईरहने पाथिभरा मन्दिर परिसरमा फोहोर बढेपछि पुस महिनाको चिसो र हिमपातको पनि प्रवाह नगरी श्रीबक्स गुल्म ताप्लेजुङको प्रयासमा फोहोर व्यवस्थापन गरेको गुल्मपती भरत बुढाथोकीले जानकारी दिनुभयो । आयोजकले घोषणा मात्र गरेर वेवास्था गरेको कारण तीर्थयात्रीले पाथिभरा क्षेत्रमा फोहोर बढ्दै गएको गुनासो गदै आएका थिए । चिसो र हिमपात बारम्बार हुँदा स्थानीय पूजारी र पाथिभरा देवि मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्धन समितिका कर्मचारीले समेत सरसफाईमा ध्यान दिएका छैनन् ।




