BICITRA KHABAR

BICITRA KHABAR

अब आँखा झिम्क्याउनुस्, तस्वीर खिच्नुस्

प्रबिधि क्षेत्रमा सुरुवात मानिएको गुगल ग्लासमा हालै नयाँ सुबिधान थपिएको छ । गुगल चस्माका प्रयोगकर्ताले अब आँखा झिम्काउँदा तस्वीर खिच्न सक्छन् ।गुगल ग्लास यसले क्यामराको बटम र आवाजबाट काम गर्ने उपकरणले भन्दा तिव्र गतिमा काम गर्ने गुगलले बताएको छ ।यो क्यामराले डिस्प्ले बन्द भएको अवस्थामा पनि काम गर्नेछ । गुगल ग्लासको यो प्रविधि गुगल ग्लासको एक्सई-१२ मोडलमा छ । साथै यसमा स्क्रीनलाई लक गर्ने र यसको माध्यमबाट यू ट्यूब तथा भिडियो शेयर गर्ने सुविधा पनि छ ।आफ्नो नयाँ फिचरबारे गुगलले कम्पनीको ब्लगमा लेखेको छ-तपाई कल्पना गर्नुस् कि ट्याक्सीको पछाडिको सिटमा बसेर कहिँ जाँदै हुनुहुन्छ र आफ्नो नजर मीटरतर्फ लगेर विल तिर्न केवल आफ्नो आँखा एक पटक झिम्क्याउनुस, काम तमाम् । जुत्ता पसलमा पुग्नुभयो, एकपटक आँखा झिम्क्याउनुस, तपाईको साइजको जुत्ता घरमै आइपुग्छ ।’ ब्लगमा लेखिएको छ-’यो हृयाण्ड फ्री छ । न कुनै हडबडी न कुनै गडबडी ।’

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More