BICITRA KHABAR

BICITRA KHABAR

विहे गर्न नमान्दा युवतीमाथि तेजाब

धनगडी  १० पुस । आफूसँग विवाह गर्न नमानेको भन्दै विक्षिप्त मनस्थितिमा पुगेका युवकले छ्यापेको तेजाबका कारण कैलालीमा एक युवती घाइते भएकी छन् । पीडित युवती पक्षले ढिलो गरी गएको आइतबार मात्रै कार्यालयमा जाहेरी दिएकाले गत मंसिर २४ गते भएको यो घटना ढिलो गरी जानकारीमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश पण्डितले बताउनुभयो ।

गेटा गाविस–४ का २३ वर्षीय रवीन्द्र ठगुन्नाले स्थानीय विद्यालयमा १२ कक्षामा अध्ययनरत १९ वर्षीया युवतीको शरीरमा बिहान विद्यालय जाँदै गरेको मौका छोपी तेजाब छ्यापेपछि युवतीको अनुहार र घाँटीमा गम्भीर चोट पुगेको छ । घटनालगत्तै फरार रहेका अभियुक्त ठगुन्नालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा पु¥याइएको छ ।

विवाहका लागि मगनी गर्न गएकामा युवती पक्षबाट अस्वीकार गरिएपछि विक्षिप्त भएका अभियुक्तले युवतीमाथि तेजाब फ्याँक्ने सम्मको दुस्साहस गरेको जनाइएको छ । उनीमाथि ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अघि बढाइएको पनि पण्डितले बताउनुभयो । घाइते युवतीको हाल काठमाडौँमा उपाचार भइरहेको बताइएको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More