BICITRA KHABAR

BICITRA KHABAR

चिनियाँ सेना फेरी छिर्यो भारत, नयाँ दिल्लीमा हलचल

८ पुष, काठमाडौ । भारत-चीनबीचको सिमा विवाद केहि समययता निकै चर्चामा छ । भारतले फेरी एकपटक चीनको सेनिक आफ्नो सिमामा छिरेको आरोप लगाएको छ ।भारत-चीनको सिमामा रहेको लद्धाखमा २०-२२ जनाको चिनियाँ सेनाको टोली छिरेको भारतले जनाएको छ । लद्धाखको चेपजी क्षेत्रमा ८-१० वटा टेन्ट लगाएर बसेको भारतको दावी छ ।भारतले ती सैनिक त्यहि बसिरहेको या छाडेर पुनः फर्किसकेको भन्ने जानकारी भने प्राप्त हुन नसकेको जनाएको छ । शनिबार यस घटनाका विषयमा भारतीय र चिनियाँ सैनिकबीच फ्लाग मिटिङ भएको थियो ।भारतले यो वर्ष अप्रिलमा चिनियाँ सैनिक भारतको बेग ओलल्डी क्षेत्रमा १९ किलोमिटर भित्रसम्म छिरेको दावी गरेको छ । निकै लामो समयसम्म भएको फ्ल्याग मिटिङपची उनीहरू फर्किएका थिए ।केही दिन अगाडि चिनियाँ सेनाले ५ भारतीय नागरिकलाई समेत पक्राउ गरी नियन्त्रण रेखा भन्दा बाहिरको आफ्नो क्याम्पमा लगेको भारतले दावी गरेको थियो । भारत र चीनबीचको सिमा विवाद सुल्झाउनका लागि पटक-पटक वार्ताहरू पनि भएका छन् । तरपनि बारम्बार सिमा क्षेत्रमा चिनियाँ सेना आफ्नो सिमामा छिर्दै आएको आरोप भारतले लगाउँदै आएको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More