BICITRA KHABAR

BICITRA KHABAR

पत्रिकाकी सिइओमाथि पुरुषलाई यौन दुब्र्यबहार गरेको अभियोग

भारतको चर्चित पत्रिका तहल्का सम्पादक तरुण तेजपालमाथि लागेको यौन शोषणको आरोप चर्चा सेलाउन नपाउँदै अमेरिकामा एक सीईओमाथि यौन शोषणको आरोप लागेको छ ।tफरक यत्ति हो कि अधिकांश घटनामा पुरुषमाथि यौन शोषणको आरोप लाग्छ । तर, न्यूयोर्कको यो घटनामा भने आरोपित सीईओ महिला छिन् ।आर्ची कोमिक्सका सीईओ ५९ वर्षीया नान्सी सिलबरकेटविरुद्ध कम्पनीको पे्रसिडेन्ट एवं एडिटर एन चिफसहितका ५ कर्मचारीले उजुरी दिएका हुन् । २००८ मा पति लुई सिलबरकेटको निधनपछि नान्सी आर्ची कोमिक्सको सीईओ बनेकी हुन् ।नान्सीले अधिकांश समय पेनिस पेनिस भनेर कराउने गरेको र नामको सट्टा गोप्य अंगको नाम लिएर बोलाउने गरेको उनीअरुको आरोप छ ।न्यान्सीले भने आरोपलाई षड्यन्त्र भनेकी छिन् । प्रेसिडेन्टले आफूलाई यौन सम्पर्कको प्रस्ताव गरेको तर, आफूले अस्वीकार गरेपछि यस्तो आरोप लगाएको समेत उनको दावी छ । साथै उनले के पनि भनेकी छिन भने यस्तो आरोप लगाउने सवै गोराहरु भएको कुनै आरक्षण पाउनुपर्ने समुदायबाट नभएकाले उनीहरुलाई त्यस्तो भन्नु शोषण नहुने जिकिर गरेकी छिन् ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More