BICITRA KHABAR

BICITRA KHABAR

नेपालद्वारा सिंगापुरलाई २ सय २७ रनले पराजित गर्दै फाइनलमा प्रवेश

काठमाडौं, २१ मंसिर । जर्नी टु वर्ल्डकप क्रिकेट अन्तर्गत शुक्रवार भएको खेलमा नेपलले सिंगापुरलाई २ सय २७ रनको फराकिलो अन्तरले हराएको छ । कीर्तिपुर मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४५ ओभरमा ५ विकेट गुमाएर ३ सय १३ रन जोड्यो ।शरद भेषवाकरले ९१, सुवास खकुरेलले ७५, अनिल मण्डलले ५६ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले ४८ बनाए । जवाफमा सिंगापुरले १७ ओभर १ बलमै अलआउट हुँदै ८६ रनमात्र बनाउन सक्यो । नेपाललाई सानदार विजय दिलाउने क्रममा सोमपाल कामी र आरके प्रधानले ३–३ विकेट लिंदा बसन्त रेग्मी र जितेन्द्र मुखियाले २–२ विकेट झारे ।नेपालले अब फाइनलमा एयर इन्डिया र दिल्ली वान्डरर्सबीचको विजेतासँग खेल्नेछ । चार टोली सहभागी जर्नी टु वर्ल्डकप क्रिकेटको फाइनल खेल भोलि हुनेछ ।नेपाली टोलीलाई आसन्न एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको लागि तयार पार्न जोरा इन्टरनेशनलले नेपाल क्रिकेट संघको समन्वय र सहयोगमा यो प्रतियोगिता आयोजना गरेको हो ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More