करिना कपुरलाई सोधिएको एक प्रश्नको जवाफमा उनले आफूलाई भाभि अर्थात् कट्रिना कैफलाई मन पराउने बताएपछी बलिउडमा नयाँ तरंग उत्पन्न भएको छ । करिनाले कट्रिनालाई 'भाभी' भनेर सम्बोधन गरेपछी रणवीर र कट्रिनाबीचको सम्बन्धका बारेमा थप स्पष्ट भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । केही समयअघि रणवीर र कट्रिनाको समुन्द्री विचमा खिचिएको तस्विर सार्वजनिक भएपछी यी दुई बीचको सम्बन्धका बारेमा निकै चर्चा चलेको थियो । एक टेलिभिजन शो 'कफी विथ करण' मा रनवीरको साथमा आएकी करिनालाई करणले यदी तपाईलाई कुनै एक मनपर्ने महिला छान्नुपर्ने भयो भने तपाई कसलाई छान्नु हुन्छ भन्ने प्रश्नको जवाफमा उनले भनिन्, 'म आफ्नै भाभी अर्थात् कट्रिका कैफलाई मन पराउँछु ।' यसरी कपुर परिवारको कुनै सदस्यले रणवीर र कट्रिनाका सम्बन्धका बारेमा यसरी खुलेर बोल्नुले रणवीर र कट्रिनाबीचको सम्बन्धलाई थप पुष्टी गरेको छ । रणवीर को बहिनी रिद्धिमासँग यसबारे सोधिएको प्रश्नमा भने उनले आफूलाई यस सम्बन्धमा कुनै जानकारी नभएको र करिना या रणवीरलाई नै यसबारे सोध्न आग्रह गरेकी थिइन् । उनले रणवीरको विवाह जोसँग हुनेछ उसैलाई म आफ्नो भाभी भन्नेछु भन्दै अन्य प्रश्नबाट उनी टाढिइन् । यसैबीचमा रणवीरलाई जिस्काउँदै करिनाले आफूले रणवीरको विवाहका लागी लुगा समेत डिजाइन गराइसकेको र केही गीतमा नृत्यको अभ्यास पनि गरिरहेको बताएकी थीइन् ।



