BICITRA KHABAR

BICITRA KHABAR

सैफले करिनालाई किनिदिए ५० करोडको बंगला


बलिउड नायक सैफ अलि खानले आफ्नी कान्छी पत्नी नायिका करिना कपुरका लागि मुम्बईमा नयाँ बंगला किनेका छन् ।सैफले आफु बस्दै आएको फच्र्युन हाइज बंगलाअगाडी प्रत्येक तला तीन हजार बर्गफुट क्षेत्रफल रहेको चारतले बंगला किनेका छन् । जसको मूल्य झण्डै ५० करोड भारतीय रुपैयाँ रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।खुला ठाउँमा बस्न रुचाउने सैफ र बिहेअघि बान्द्रामा बस्दै आएकी करिना अब नयाँ घरमा सर्दै छन् भने पुरानो घरलाई भाडामा लगाउने योजना बनाएका छन् । नयाँ बर्षसम्म उनीहरु त्यहाँ सर्ने बताइएको छ।करिनाले निकै रुचाएको यो बंगलामा गार्डेन, स्वीमिङ पुल, लाइब्रेरी र जिमखानासमेत रहेका छन् ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More