सल्यान, पुस १७ – (अपडेट) सल्यानको बाँझकाँडामा मंगलबार राती रात्रीबस दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । ३२ जना घाईते भएका छन ।काठमाडौंबाट रुकुमका लागि छुटेको लु १ ख लु १ ख ८२९० नम्बरको बस सल्यानको बाँझकाँडा १ मुखलाबाट शारदा नदीमा खसेको हो ।ज्यान जानेमध्ये रुकुम छिवाङ्ग १ की करुणा घर्ती, खलंगा १ का आनन्द केसी, महेन्द्रदल गण रुकुममा कार्यरत राजेश बुढा र ठेगाना नखुलेका प्रेम बुढामगरको मात्र नाम खुलेको छ । घाईते मध्य १४ जनालाई नेपालगञ्ज रेफर गरिएको र अरु १८ जनाको सल्यानको श्रीनगरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।दुर्घटनास्थलका केही तस्बिरहरु