यो वर्ष नयाँ गेम सुरु भएको छ, जसलाई ‘सेल्फी ओलम्पिक’ नाम दिइएको छ । इन्टरनेटमा टिनएजर्सहरुका बीचमा यो सनसनी बनेको छ र उनीहरु मनैदेखि सेलिब्रेट गरिरहेका छन् ।
यो गेममा फेसबुक, इन्स्टाग्रामबाट सहभागी हुन भनिएको छ, जहाँ हजारौं यूजर्सले आफ्नो तस्वीर अपलोड गरेका छन् । सेल्फी एक नयाँ शब्द हो, जसलाई अक्सफोर्ड डिक्शेनरीमा शामेल गरिएको छ । अक्सफोर्डको परिभाषा अनुसार शेल्फीको अर्थ स्मार्टफोन वा वेबक्याम्पबाट आफैंले आफ्नो तस्वीर खिच्नु र सामाजिक सञ्जालमा लपलोड गर्नु हो ।सामाजिक सञ्जाल प्रयोगकर्ताहरुका अनुसार यी खतरनाक र विचित्र तस्वीरहरु फेसबुकमा आयोजित यो प्रतियोगिताका लागि नै खिचिएको हो ।





