आइटम गीतमा नृत्य नगर्नुको कारण खुलाउँदै नायिका हर्षिका श्रेष्ठले आफूलाई ‘भल्गर’ नायिका भनेर चिनिन मननपर्ने बताइन् ।सिनेमामा आइटम नृत्य गर्न नचाहने हषिर्काले हालै मात्र ‘भ्रम’ नामक एक सिनेमामा कम्मर मर्काएपछि बजारमा कानेखुशी चलेको थियो । हर्षिकाले सुरुमा यो सिनेमामा काम गर्छु भनेको तर पछि अर्को सिनेमासँगको सेड्यूल जुधेपछि नभ्याएकाले आइटम नृत्य मात्र भएपनि गरेको बताइन् ।उनले सिनेमामा आइटम नृत्य गर्ने सेट र गीतका शब्दहरु नै मननपर्ने तर्क गरिन् । आजसम्म ‘भ्रम’ बाहेक कुनै पनि सिनेमामा आइटम नृत्य नगरेकी हर्षिका आफूलाई नृत्य गर्न पनि खासै नआउने बताउँछिन् । ‘एकातिर त मलाई आइटम गीतमा नृत्य गर्न पनि खासै आउँदैन अर्कोतिर म नायिका नै भनेर चिनिन चाहन्छु, आइटम गर्ल भनेर होइन’, हर्षिकाले भनिन् ।उनले भ्रममा आइटम नृत्य गर्दा अप्ठ्यारो लागेको बताइन् । आइटम नृत्य भन्ने वित्तिकै नायिकाले अंगप्रदर्शन गर्नैपर्ने, छोटो कपडा लगाउनै पर्ने भ्रम नेपाली सिने मेकरहरुमा छ । नायिका श्रेष्ठले यस्ता पहिरन लगाएर पुरुषहरुको अगाडी नृत्य गर्न आफूलाई निक्कै अप्ठ्यारो लाग्ने बताइन् ।नेपाली सिने बजारमा हर्षिकालाई घमण्डी नायिका भन्नेहरुको पनि कमी छैन । आइटम गर्ल भन्दा पनि नायिका नै भनेर चिनिन चाहने उनको यो भनाइलाई चलचित्रकर्मीले कसरी लिने हुन्, केही दिनमा नै थाहा हुनेछ ।



