बिश्वकै दोस्रो ठूलो अर्थतन्त्रका रुपमा स्थापित चीन । जहाँका सम्बृद्धिका खवरले बिश्वभरका संचारमाध्यम ढाकिएका हुन्छन आजकल । तर, त्यही चीनभित्र यस्ता किसान पनि छन, जसले उपचार खर्च नपाएपछि आफैंले घरेलु हतियार प्रयोग गरि आफ्नो खुट्टा काट्न बाध्य भएका छन् ।उत्तरी चीनको हेवेइ प्रान्तका जेङ येनलियाङको खुट्टामा गत वर्ष संक्रमण भएको थियो, जसका कारण रगत प्रवाह हुन सकेको थिएन । यो समस्या बढ्दै गएपछि उनको गोडाको केही भाग सड्न थालेको थियो ।४७ वर्षका जेङ उपचारका लागि डाक्टरकहाँ पुगे । तर, चिकित्सकले अपरेशन गर्नुपर्छ र खुट्टा समेत गुम्न सक्छ भने । जेङ भन्छन-’मैले कति पैसा लाग्छ भनेर सोधेँ । उनले अपरेशनका लागि ३ लाख युआन लाग्ने बताए । दुबै खुट्टाको अपरेशन गर्न १० लाख युआन चाहिने रहेछ । मसँग २० हजार यूआन मात्र थियो ।’
चिनियाँ सरकारको ग्रामिण स्वास्थ्य बीमा योजनाबाट पनि उनको उपचार खर्च पूरा हुनसक्थ्यो । तर, यो उपचारपछि मात्र पाइन्छ । अपरेशनका लागि पैसा नभएपछि उनीसँगै कुनै विकल्प थिएन र दुःखाई बढ्दो थियो । उनी भन्छन्-’तीन महिनासम्म ओछ्यान परेँ । मेरो गोडा कालो हुँदै गयो । मासुमा किरा पर्न थाल्यो भने दायाँ गोडामा हड्डी नै बाहिर देखिन थाल्यो । ‘खुट्टा काट्ने फैसला स्मरण गर्दै उनले भनेका छन्- विस्तारामुनी मैले अचानो र सानो चक्कु भेटेँ, त्यसैको सहयोगले आफ्नै खुट्टा काटेँ ।’ यो सब गर्दा उनको पसिना छुटेको थियो । झण्डै २० मिनेट लाएर खुट्टा काटेका उनी बेहोश भने भएनन् ।उनले २०१२ अपि्रलमा खुट्टा काटेका थिए, तर हालै मात्र चिनियाँ सञ्चार माध्यमहरुमा यो खबर आएको छ । त्यसपछि उनलाई ३ लाख युआन सहयोग समेत जुटेको छ ।



