काठमाडौ, माघ ५ - नेपाली सेनाले हुम्ला जिल्लाको गुठी गा.वि.स., पुमा गाउंस्थित जंगलमा भएको आगलागीबाट घाइते भएका ११ जनाको उद्धार गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार गृह मन्त्रालयको अनुरोधमा आइतवार सेनाको ईक्युरेल र एम.आई. १७ हेलिकप्टरबाट उद्धार गरिएको हो ।माघ ०२ गते बाट सुरु भएको उक्त आगलागीमाच ३ जना स्थानीयको मृत्यु भएको र ११ जना घाईते भएका बताइएको छ । अत्याधिक हिमपातका कारण पैदल उद्धार कार्यमा कठिनाई भएकाले गृह मन्त्रालयले अनुरोध गरेकी पनि सेनाले जनाएको छ । ११ जनलाई उद्धार गरी उपचारको लागि नेपालगञ्ज पुर्याएको बताइएको छ ।



