माघ ०८–यो तस्विर हेर्नुस् । सायद तपाईको मन पक्कै पनि दुखले भरियो होला । तर यसको हमलाबारे थाहा पाउनु भयो भने साच्चै तपाईको होस् नै उड्छ होला । अफ्रिाका न्यूज पोस्टको खबर अनुसार या कलिलो बालकको हालत कुनै अपराधीले नभई उसंगै पढ्ने दुई वर्षीय बालिकाले गरेको हो । त्यस बालिकाले हिर्काउनुका साथ साथै शरीरको कयौ भागमा ठुलो चोट पुर्याएको छ । लिसेस्टरको र्याटबाई प्री–स्कुलको यस घटनापछि पीडित बालकको आमाका अनुसार यस्तो हमलाले उसको बच्चा लगभग अन्धो नै भएको छ ।हाल भने उसलाई अस्पतालमा भर्ती गराइएको छ । दोषि बालिका निकै कम उमेर भएका कारण प्रहरीले यस घटनाको लागि कुनै पनि कदम उठाउन असमर्थ भएको बताएका छन् । आरोपि बालिकाको आमाका अनुसार उनको छोरी रिसाएको बेला निकै विचित्र र डर लाग्दो व्यवहार देखाउने गरेको बताएकि छिन् । यस घटनापछि ती बालिकालाई विद्यालयबाट नै निकाल्ने माग समेत गरिएको छ । ( एजेन्सीको सहयोगमा )



