७ माघ, काठमाण्डौ । ६२ बर्षीय प्रेमीले छाडेर हिँडेपछि काठमाण्डौ मेडिकल कलेज शिक्षण अस्पतालमा एक सुत्केरी महिला विचल्लीमा परेकी छिन् । छोराको आशा गरेका प्रेमीले छोरी जन्मिने यकिन भएपछि छाडेर हिँडेको उनको भनाई छ ।छोरा पाउने आशामा २५ वर्षीया प्रेमिका लक्ष्मी सिवाकोटीलाई गर्भवती बनाएका ६२ वर्षीइ सुरेश भण्डारी प्रेमिकालाई छाडेर फरार भएका हुन् । अस्पतालको न्य वर्न वार्डको ३०७ को बडवाट भण्डारीलाई फोन लगाउँदैमा लक्ष्मी हैरान भएकी छिन् । उनका अनुसार काठमाण्डौ बत्तिसपुतली घर भएका भण्डारीकी पहिली श्रीमतीतर्फ ६ छोरी छन् । सुविधानगरस्थित एक गैरसरकारी संस्थाका सल्लाहकारसमेत रहेका भण्डारीले दोलखा पबटी ७ की लक्ष्मीलाई सोही संस्थामा जागिर लगाइदिएका थिए ।पछि उनीसित लसपस गरेर गर्भवति बनाएका थिए, उनले छोरा जन्मेपछि घरमा भित्र्याउँछु भन्दै उनलाई फकाई फुल्याई गरिरहेका थिए । अघिल्लो वर्ष फागुनमा सो संस्थामा काम गर्न छिरेकी आफूलाई प्रेमजालमा पारी बैशाखमा गर्भवती बनाएको लक्ष्मीले बताइन् । त्यसपछिको खाने बस्ने व्यवस्था र गर्भपरीक्षणको व्वस्था पनि सुरेशले नै गरिदिँदै आएको उनको भनाई छ । पछिल्लो पटक १५ दिनअघि गर्भ जाँचका क्रममा भिडियो एक्सरे गरेपछि भण्डारी आफूसंग टाढिँदै गएको लक्ष्मीको आरोप छ ।‘म गर्भवती भएपछि थापागाउँमा मासिक चार हजार तिर्ने गरी उहाँले नै कोठा खोजिदिनु भएको हो । महिना बढ्दै गएपछि जागिर छोडाएर खाने खर्च पनि उहाँले नै व्यवस्था मिलाइदिनु भएको हो । १५ दिनअघि सम्मको भेटमा सुत्केरी स्याहारका लागि सुसारेको व्यवस्थासमेत मिलाइसकेको भन्नुभाथ्यो, लक्ष्मीले भनिन्,’तर त्यो भिडियो एक्सरेपछि उहाँ टाढिँदै जानु भयो । उहाँले यो गर्भको सन्तान मेरो होइन भन्न थाल्नु भएको छ । सायद गर्भमा छोरी भएको थाहा पाउनु भयो होला । ‘ आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।



