BICITRA KHABAR

BICITRA KHABAR

पाकिस्तानमा हवाई आक्रमण, बीस आतङ्ककारीको मृत्यु भएको दाबी

७ माघ, पाकिस्तान - पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा भएको मङ्गलबार भएको विमान आक्रमणमा २० भन्दा बढी आतङ्ककारी मारिएको पाकिस्तानी अधिकारीहरूले जानकारी दिएका छन् । उक्त हवाई आक्रमण पाकिस्तान सैनिक प्रमुख कार्यालयनजिकै भएको आत्मघाती आक्रमणको एक दिन पछाडी गरिएको हो ।हिजो भएको आक्रमणमा आठ सैनिक र तीन बालबालिकासहित १३ व्यक्तिको मृत्यु भएको थियो । गत शनिबार पनि पाकिस्तानको उत्तरपश्चिम भागमा पर्ने बान्नु सहरमा भएको आत्मघाती आक्रमणमा आठ सैनिक र २६ अर्धसैनिकसहित ३९ व्यक्तिको मृत्यु भएको थियो ।पाकिस्तानी सैनिकलाई लक्ष्यगरी गरिएको यो भीषण आक्रमण भएको बताइएको छ । यी दुबै आक्रमणको तेहरिक ई तालिवान पाकिस्तान (टिटिपी) ले जिम्मा लिएको थियो । मङ्गलबार गरिएको हवाई आक्रमण उत्तरी वाजिरिस्तानको आदिवासी जिल्लामा गरिएको छ । उक्त जिल्ला तालिवान र अल कायदासँगआवद्ध आतङ्ककारीको बलियो प्रभाव रहेको क्षेत्रको रुपमा मानिन्छ ।स्थानीय समयअनुसार सोमबार मध्यरात १२.३० बजे सुरु गरिएको यस आक्रमण जारी रहेको र आतङ्ककारी लुकेर बसेको इलाकालाई लक्ष्यगरी गरिएको बताइएको छ । यस आक्रमणमा २० आतङ्ककारी मारिनुका साथै १५ घाइते भएको सरकारी अधिकारीहरुले प्रष्ट पारेका छन् । (एजेन्सी)

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More