BICITRA KHABAR

BICITRA KHABAR

पर्बतमा मलामी बोकेको जिप यसरी भयो दुर्घटना दुईको मृत्यु समेत हुने गरी

२९ पुस, पर्वत । दक्षिण पर्वतको हुवासमा मलामी बोकेको जिप आइतबार राति १० बजे दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् भने चारको अवस्था गम्भीर रहेको छ ।मलामी बोकेर सेतिबेनी देखि हुवासको बसेलडाँडा जाँदै गरेको ग१च ७६०२ नम्बरको जिप हुवास गाविस-७ दारसिङडाँडामा दुर्घटना भएको थियो ।दुर्घटनामा परी हुवास–५ का ६५ वर्षीय होमनाथ तिवारी र सोही स्थानका ४५ वर्षीय लोकप्रसाद न्यौपानेको मृत्यु भएको छ । न्यौपानेको घटनास्थलमा र तिवारीको उपचारका लागि लाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।त्यसैगरी गम्भीर घाइते भएकाहरुमा हुवास–५ का ५५ वर्षीय डण्डपाणि बस्याल, सोही स्थानका २४ वर्षीय घनश्याम बस्याल, हुवास–६ का ४५ वर्षीय नुमाखर बस्याल र हुवास–५ का २८ वर्षीय नन्दलाल बस्याल छन् । उनीहरुको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।सामन्य घाइते अन्यहरुको स्थानीय उपस्वास्थ्य चौकीमा उपचार भइरहेको छ । कच्ची सडकमा अत्याधिक लोडका कारण उकालोमा ब्रेक फेल भएपछि ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चालक भने फरार भएको प्रहरीले जनाएको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More