BICITRA KHABAR

BICITRA KHABAR

व्यवसायीले तेल ढुवानी रोक्ने

काठमाडौं – नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आफ्ना माग पूरा नभएको भन्दै पेट्रोलियम पदार्थको ढुवानी रोक्ने घोषणा गरेको छ। बिमा, ढुवानी भाडा र निगमको कार्यसम्पादन सुधारका लागि पटकपटक पेस गरिएका मागमा कुनै सुनुवाइ नभएपछि हिजो आइतबार बसेको महासंघको बैठकले पेट्रोलियम ढुवानी गर्न नसक्ने जनाएको थियो। ‘पुस २५ गतेबाट राज्यभर पिडिओ नलिने तथा २७ गतेबाट राज्यभर पेट्रोलियम पदार्थ लोडिङ/अनलोडिङ तथा ढुवानी कार्य नगरिने निर्णय भएको’ महासंघले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ। आन्दोलन र वार्ताका लागि महासंघले खगेश्वर बोहोराको संयोजकत्वमा ८ सदस्यीय केन्द्रीय आन्दोलन तथा वार्ता समिति समेत गठन गरेको छ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More