BICITRA KHABAR

BICITRA KHABAR

कोलकाता सोनागाछीको टीठलाग्दो तस्वीर

कोलकाताको सोनागाछी पुगियो भने यस्तो टिठलाग्दो तस्वीर देखिन्छ । दैनिक दुई सय रुपैंयाँको लागि हजारौं बालिकाहरु आफ्नो शरिर ‘बेच्न’ बाध्य छन् ।बेलायतकेन्द्रित फोटोपत्रकार सौविद दत्तले एक पटक यो वस्तीको भ्रमण गरे र खिचे दारुणिक तस्वीरहरु । एसियाकै सबभन्दा धेरै वेश्यावृत्ति हुने थला (रेडलाइट एरिया) मानिने यहाँको तस्वीर तथा डकुमेन्ट्री ओस्कर विजेता पनि भएको छ ।मुम्बइका रैथाने सौविद अहिले लण्डनमा बसेर फोटोपत्रकारिता गर्छन् । उनका अनुसार, स्थानीय गुण्डा र वेश्यागमनकारीहरुले वेश्यावृत्ति फैलाइरहेका छन् । उनीहरुलाई कानुनी कार्वाही विरलै हुने उनको सर्वेक्षणले देखाएको छ ।

यसरी सौविदले फोटोमा कोलकाताको यौन बजार र त्यसमा कलिला बालिकाहरुको दारुणिक अवस्था देखाएका छन् । एउटा सामाजिक संस्थाको स्वयंसेवकको रुपमा सौविद सौविद यो वस्तीमा पुगेका थिए । उनले सरकार, राजनीतिक दल र प्रहरीको अकर्मण्यताले यो गरिब समुदायमा वेश्यावृत्ति मौलाएको जानकारी पाएका थिए । उनले तस्वीरमा पनि यही दारुणिक अवस्था देखाएका छन् ।यही दारुणिक अवस्थाको बारेमा बनेको ‘वेश्यालयमा जन्म’ शीर्षकको डकुमेन्ट्री सन् २००४ को ओस्कर विजेता भएको थियो । डकुमेन्ट्रीमा कलिला बालिकाहरु वेश्यागमनका सहभागी भएको उल्लेख थियो । रौस कौफ्म्यान र जाना बृस्कीले निर्माण गरेको यो डकुमेन्ट्रीको प्रसारणपछि दर्जनौं गैह्रसरकारी संस्थाहरु सोनागाछी पुगे । गैह्रसरकारी संस्थाहरुको सक्रियताले यहाँ वेश्यागमनको श्रृँखला कम भएको छ ।

निर्दोष मुस्कानः  यिनीजस्ता १२ हजार बालिकाहरु सोनागाछीको यौन बजारमा होमिन बाध्य छन् ।बर्वादीमा भविष्यः बालिकाहरु यौनवजारका ‘वस्तु’ हुन विद्यालय जान छाड्छन् भने केटाहरु पनि विद्यालय नगई ‘सडक गुण्डा’ बन्छन् ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More