BICITRA KHABAR

BICITRA KHABAR

पौष ३० गते मङ्गलबार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
समय राम्रै छ। साथीभाइसित भेटघाट हुने योग छ। समाजको नेतृत्व बहन गर्नुपर्ने बेला छ। खाद्यान्नका परिकार तथा मेवा मिष्ठान्न मिल्ने समय छ। आज जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजको दिन आर्थिक दृष्टिले राम्रो दिन छ। नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको कदर हुने दिन हो, भाँती पुर्याएर बोल्नुहोला। तपाईंप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ, जोस र जाँगर बढ्नेछ। सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
यात्राको योग छ। खर्च राम्रै हुनेछ। विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ। विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ। विश्वासको वातावरण बन्नेछ। धेरै नबोल्नु बेस छ। घरायसी वातावरणमा केही धमिलोपन आउने छ। आजको समय सामान्य छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
समय राम्रो छैन। अपमान वा अपजस सहनु पर्ने हुनसक्छ। यतिबेला आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न। कुनै वस्तुको किनमेल गर्दा महँगोमा परिएला विचार गर्नु होला। यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला। आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
राम्रो समयको योग छ। शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ। सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ। राजनैतिक क्षेत्रको वातावरणले मन परिवर्तन हुन सक्छ। खानपिनका परिकार प्राप्त हुने र विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनु पर्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ। पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ। काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ। नवीन रोजगारीको सम्भावना छ। प्रतिस्पर्धीहरुमाथि विजय प्राप्त हुने छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
घरपरिवारभन्दा बाहिरको कुनै विद्यार्थीलाई उपहार दिंदा तपाईंको चौतर्फी उन्नति हुने सङ्केत छ। धार्मिक वा आध्यात्मिक किताबको अध्ययन गर्दा तपाईंले अद्भूत स्मरणशक्ति पाउनुहुनेछ। पत्रिका वा म्यागेजिन नै भए पनि आज पठनपाठनमा क्रियाशील हुनु राम्रो हुन्छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज झैझगडा र विवादबाट टाढा बस्ने दिन हो। खासगरी हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्ने सम्भावना छ। प्रेमसम्बन्धमा विश्वासको वातावरण नभएको महसुस हुनेछ। शरीरमा आलस्यपना देखिने छ, चोटपटक पनि लाग्न सक्छ। छाला सम्बन्धी रोगले दुःख नदेला भन्न सकिन्न। आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
समय राम्रो छ। भेटघाट एवं रसरङ्गमा समय बित्नेछ। मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा रमाउन पाउनु हुनेछ। आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ। विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
हतार वा आवेशमा आएर कुनै कार्य नगर्नु नै बेस हुनेछ, पछि पछुताउनु पर्छ। मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त गर्न कठिनाइ हुनेछ। प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ। यद्यपि आम्दानीमा कमी आउने छैन, तर पनि मनमा कताकता केही कमी भएझैं लाग्नेछ। पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुने योग छ। सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन्। साथीभाइ र बन्धुबान्धवले तपाईंका सकारात्मक कामको समुचित मूल्याङ्कन गर्नेछन्। साँझपख धनलाभ हुने सङ्केत समेत देखिन्छ।खानपान र मनोरञ्जनका लागि राम्रै दिन छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज चोटपटकको भय र मानसिक तनाव हुनेछ। उता झुठो फत्तुर पनि आइलाग्न सक्छ। बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु अत्यावश्यक छ। पछाडि कुरा काट्नेहरूले जालझेल र षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन्।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More