एजेन्सी, मुम्बई, १८ पुस विवादित पाकिस्तानी अभिनेत्री विना मल्लिकले दुवईमा असद बसिर खानसँग विवाह गरेको हप्ता दिन बितेको छैन तर उनको पारिवारिक जीवन संकटमा आउने देखिएको छ। पूर्वप्रेमी प्रशान्त सिंहले कुनै बेला विनाले आफ्नो गर्भ बोकेको सार्वजनिक अभिव्यक्ति दिएपछि उनी संकटमा परेकी हुन। आफूसँग अफेयर चलिरहेकै बेला दुबईमा पुगेर असदसँग विवाह गरेपछि आक्रोशित बनेका प्रशान्तले यस्तो खुलासा गरेका हुन। जसले विनाको पारिवारिक जीवनमा संकट ल्याउने अनुमान गरिएको छ।
प्रशान्तले मिडियासँगको कुराकानीमा विनाले आरोप लगाएजस्तो आफू गें नभएको पनि दाबी गरेका छन। ‘म गें पनि होइन। उनले भनेका छन, ‘वाइरल कम्पनीको सुटिङको क्रममा जुन हाम्रो पहिलो भेट भएको थियो। त्यहि रात हामीले सेक्स गरेका थियौ । त्यहि बेला उनी गर्ववती भएकी थिइन।’ सन् २०१२ मा विना आमा बन्ने अवस्थामा रहेको र बच्चा पाउन निकै उत्सुक भएको पनि प्रशान्तको दाबी छ। ‘तर मेरो पहिलो श्रीमतीसँग औपचारिक रुपमा सम्बन्धविच्छेद भइनसकेकोले बच्चा जन्माएनौं।’ उनले पछिल्लो केही वर्षयता आफूहरु लिव–इन–रिलेसनसिपमा भएको पनि खुलासा गरेका छन। कतिसम्म भने प्रशान्तले आफूलाई विनाको निजी जीवनको बारेमा धेरै कुरा थाहा भएको र नपत्याए अहिलेका उनका पति असदले कन्फर्म गर्न सक्ने बताएका छन।



