सउल । दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ । धरानका ६३ वर्षीय होम थोक्लेहाङ (लिम्बु)को कोरियाको राजधानी सउलमा निधन भएको हो । उच्च रक्त चापा र ब्रेन हेम्रेजका कारण गत सेप्टेम्बर २६ तारिखदेखि अचेत अवस्थामा रहेका लिम्बुको सउल नेशनल हस्पिटलको कोमामा उपचार भइरहेको थियो । हस्पिटलले सोमबार लिम्बुलाई मृत घोषणा गरेको हो ।विगत बिस वर्षदेखि कोरियामा रहँदै आएका लिम्बुको उपचारमा चार करोड ७० लाख वन खर्च लागेको र उक्त खर्चमा भारी छुट हस्पिटलले दिन लागेको समाजसेवी ध्यान राईले बताए । समाजसेवी तथा ब्यवसायी ध्यान राईले लिम्बुलाई उक्त हस्पिटलमा रहेदेखि नै रेखदेख गर्दै आइरहेका थिए । मृतकका परिवारका सदस्य कोरियामै रहेकाले लिम्बुको अन्त्येष्टि कोरियामै गर्न सकिने हुँदा दूतावास तथा नेपाली संघ संस्थाहरुसँग आवश्यक सर सल्लाह भइरहेको राईले बताए ।उता श्रम सहचारी अनिल गुरुङले परिवारको चाहाना अनुसार दूतावासको तर्फबाट के गर्न सकिन्छ सहयोग गर्न तयार रहेको बताए ।



