BICITRA KHABAR

BICITRA KHABAR

चिनमा आफ्नै छोराले दुध चुस्ने क्रममा टोकेको निहुँमा तीन महिनाकी छोरीको दुवै खुट्टा छिनाएपछि…

चिनमा आफ्नै छोराले दुध चुस्ने क्रममा टोकेको निहुँमा अनुहारमा कैचीले काटेको प्रसङ्ग तातै रहदै नेपालको धादिङ्गमा फेरी यस्तै कु्रर घटना सार्वजनिक भएको छ । धादिङ्गको ढोला–२, तीनघरे, धादिङकी-२९ वर्षिय बिरकुमारी दुवाडीले तीन महिनाकी छोरी बिमकुमारीको धारिलो हतियार प्रयोग गरी दुवै खुट्टाको गोलीगाँठो भन्दा तलको भाग छिनाएकी छन् । मानसिक सन्तुलन गुमाएकी आमाले अचानोमा राखेर दुबै खुट्टा छिनाएपछि गाउँ नजिकैको पसलमा पुगेर बच्चाको खुट्टा काटेको भन्दै हिँडेको स्थानीयले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख डिएसपी अशोक सिंहले दिएको जानकारी अनुसार जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएको नाबालिकाको उपचार शिक्षण अस्पताल महाराजगञ्जमा पठाईएको छ । तीन महिनाअघि मात्र जन्माएको शिशुको निर्ममता पूर्वक दुबै खुट्टा छिनाएर हिँड्दा पनि उनमा कुनै पश्चातापको संकेत थिएन् । छोरीको खुट्टा काटेपछि गाउँमा पुगेकी उनले साँझ त्यही मासु पकाएर खाने भन्दै गाउँ डुलेको स्थानीय योगेश्वर आर्यालले बताउनु भयो ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More