BICITRA KHABAR

BICITRA KHABAR

शोलेका यी दृष्यमा छ थ्रिडी इफेक्ट

मुम्वइ- तपाइ शोले ३डी हेर्न जाँदै हुन्हुन्छ? तपाइलाई उत्सुकता हुनसक्छ शोलेको कुन कुन दृष्यमा ३डी इफेक्टको प्रयोग भएको छ भन्ने। यो थाहा पाउन यहाँ पढ्नुहोस्।

* फिल्ममा एउटा सीन छ जब इनिस्पेक्टर ठाकुरले ,जय र वीरुको गिरफ्तार गरेर मालवहाक रेलमा राखेर जेल लैजाँदै हुन्छन् त्यतिनै बेला बाटोमा डाकूले आक्रमण गर्छन्। बाध्यताले गर्दा ठाकुरले जय र वीरुको हथकडी गोली हानेर खोलिदिन्छन्। जब गोली चल्छ त्यतिबेला दर्शकले त्यो आफ्नो तर्फ आएको महसुस गर्छन्।

* जतिबेला ट्रेनको इन्जिनले दाउरा हटाउँदै गरेको दृष्य आउँछ त्यतिबेला दाउरा उछिट्टिएर दर्शक तर्फ आएको जस्तो देखिन्छ। यो सिनले पनि दर्शकलाइ रोमान्चित बनाउँछ।

* जब ठाकुरले आफ्नो परिवारको लासको कात्रो उठाउँछन् त्यतिबेला धुलो र पात उडेर तपाइ तर्फ आउने छ। यो दृष्यमा ३डीको राम्रो इफेक्ट देख्न पाइन्छ।

* होलीको दिन 'दिल मिल जाते है' गीतमा रंग उडेर आएको महसुस गर्न सकिन्छ। यो दृष्यले तपाइलाई आकर्षीत गर्ने छ।

यीनको अलवा अन्य केही दृष्यमा पनि ३डीको राम्रो इफेक्ट प्रयोग गरिएको छ। सिसा फुटेका केही दृष्यले पनि दर्शकलाई रोमान्चित गर्छ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More