BICITRA KHABAR

BICITRA KHABAR

हलिउड फिल्म ‘एभरेष्ट’मा विजय लामा

नेपाली कलाकारहरुले बलिउड सिनेमामा काम गरेको त कुनै नौलो होइन । तर कलाकार विजय लामाले एक हलिउड सिनेमामा काम गरेका छन् । नेपालमा छायांकन भइरहेको चलचित्र ‘एभरेष्ट‘मा विजयले छोटो तर निक्कै महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन् ।बाल्टासार कोर्माकुरले निर्देशन गरिरहेको यो सिनेमाको हाल नेपालमा छायांकन भइरहेको छ । हलिउडका कलाकारद्धय जोस ब्रोलिन र जेसन क्लार्कसँगै विजयले अभिनय गरेको बुझिएको छ ।उनले कर्णेल मदन केसीको भूमिकामा अभिनय गरेका छन् । सन् १९९६ मे १० मा सगरमाथाको आरोहणका क्रममा आँधी आउँदा ८ जना अमेरिकी आरोहीको निधन भएको थियो । यही विषयलाई सिनेमामा उतार्न लागिएको हो ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More