आफ्नो श्रीमतीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर मकैसिङ गाबिस ९ खुमलटारका डिलबहादुर गुरुङ्गले गएराती आत्महत्या गरेका छन्।गएराती साढेँ १ बजे श्रीमती सपना गुरुङ्गलाई खुकुरी प्रहार गरी मकैसिङ २ मा रहेको नीमको रुखमा झुण्डिएर गुरुङ्गले आत्महत्या गरेको जिप्रका गोरखाका प्रहरी निरीक्षक रामचन्द्र पौडेलले जानकारी दिए। घाइते सपना गुरुङ्गलाई उपचारका लागि काठमाण्डौं लगिएको निरीक्षक पौडेलले बताए ।



