BICITRA KHABAR

BICITRA KHABAR

४ जनावरीमा हावामा उड्नेछन मान्छेहरू !

पुष्टिका लागी जुन थ्योरीलाइ उद्धृत गरिएको छ, जसलाइ यस अघिनै आधारहिन भएको बताइएको थियो । यो थ्योरी चार दशक पहिले एस्ट्रोनोमर पेट्रिक मूर ले दिएका थिए । यद्दपी, यी हल्लाहरूको पछाडी निकै मानिसहरू लागेका छन । उनीहरू आफ्नो आफ्नो देशमा यो घटना हुने समय जन्ने कोशिसमा लागेका छन । आधारहिन थ्योरीमाथिको हल्ला ब्लगका अनुसार, हाम्रो सौर्यमण्डलको ग्रह प्लूटो ४ जनावरीको दिन बिहान १० बजेर २ मिनेट पृथ्वीको सापेक्ष जुपिटर को पछाडीबाट क्रस गर्नेछ । रिपोर्ट अनुसार, तीनवटा ग्रह एक लाइनमा हुने कारण यो दुर्लभ घटना अन्तर्गत जुपिटर र प्लूटो को संयुक्त गुरुत्वाकर्षण बाट पृथ्वीको ग्रेभिटीमाथी प्रभाव पार्नेछ । जसका कारण मानिसहरू भारहीन हुनेछन । पेट्रिक मूर को थ्योरी अनुसार, यस स्थितिलाइ जोवियन प्लूटोनियन ग्रेभिटेशनल इफेक्ट भनिन्छ । यद्दपी, मूरको यो थ्योरी मात्र एउटा जोक भएको बताइन्छ र विभिन्न वेबसाइट र ब्लगमा बेला बेलामा यसलाइ प्रकाशन गरेर मानिसहरूलाइ यस कुरामाथि विश्वास दिलाउने गरिएको छ कि नयाँ बर्षको केही दिनपछि यस्तो स्थिति पैदा हुन सक्दछ । आफैं मूर पनि यो मान्दछन कि यस प्रकारको घटना माथि विश्वास गर्नु मूर्खतापूर्ण कुरा हो र यसलाइ सन १९७६ मा अप्रिल फूल डे मनाउनका लागी प्रयोग गरिएको थियो । उनका अनुसार इन्टरनेटमा फैलिरहेको यो हल्ला आधारहिन रहेको छ । -

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More