BICITRA KHABAR

BICITRA KHABAR

यस्ता छन् ६० वर्षसम्म ननुहाएर गिनिज वल्र्ड रेकर्डमा नाम लेख्ने ब्यक्ति (फोटोफिचर)

एजेन्सी) एकपटक एमाओवादीका नेता गोपाल किराँतीले एक पत्रिकालाई अन्तरवार्ता दिँदै ‘वर्षमा एक पटक नुहाउँदा पनि केही फरक पर्दैन’ भनेर निकै चर्चा कमाएका थिए । तर, किराँतीलाई उछिन्दै इरानका एक व्यक्तिले ६० वर्षसम्म ननुहाएर गिनिज वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न सफल भएका छन् । अमु हाद्जी नाम गरेका ती ८० वर्षीय व्यक्तिले ननुहाएको ६ दशक बितिसकेको छ । इरानको समाचार संस्थाले हालै मात्र उनको तस्विर सार्वजनिक गरेको थियो । इरानको देजगाह जिल्लाको देजगाहका बासिन्दा हाद्जी मरेका जनवार खान्छन् र उनको सबैभन्दा प्रिय वस्तु भनेको उनको सिगरेट पिउने पाइप हो । उनले किन नुहाउन छाडे भन्ने बारे भने कसैलाई थाहा छैन ।





Twitter Delicious Facebook Digg Stumbleupon Favorites More