BICITRA KHABAR

BICITRA KHABAR

बलात्कार गर्न खोजेको आरोपमा कुटिइएका युवकको ज्यान गयो

खोटाङ– खोटाङमा जबर्जस्ती बलत्कार गर्न खोजेको आरोपमा कुटिइएका एक युवकको ज्यान गएको छ ।आफ्नै बुहारीलाई रातको समयमा बलात्कार गर्न खोजेको आरोपमा कुटिइएका मौवाबोटे–६ का दिलकुमार राईको ज्यान गएको हो ।आफ्नै २८ वर्षीय भाइ भूमिराज राईको श्रीमती २४ वर्षीया प्रमिला राईलाई हातपात गर्न खोजेपछि प्रमिलासहितको समूहले कुटपिट गर्दा उनको घटनास्थलमै ज्यान गएको स्थानीय जीतबहादुर राईले जानकारी दिनुभयो ।मङ्गलबार राति ११ बजेतिर राईले बुहारीलाई घरैभित्र हातपात गर्न खोजेपछि उनीमाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ ।

जेठाजुले बलात्कार गर्न खोजेपछि प्रतिकारस्वरुप बुहारीले गुहार मागेका र पछि स्थानीयवासीले समेत कुटपिट गर्दा गम्भीर घाइते बनेका दिलकुमारको बुधबार ज्यान गएको थियो ।रातको समयमा कुटिइएका दिलकुमारलाई उपचारका लागि लैजान तयारी गर्दागर्दै घरैमा ज्यान गएको बताइएको छ ।घटनामा संलग्न रहेको आशङ्कामा नौजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतककी बुहारी प्रमिला र सोही वडाका १७ वर्षीय पर्शुराम राई, १६ वर्षीय प्रकाश राई, १५ वर्षीय सन्तोष राई, १४ वर्षीया मेम्बरा राई, १९ वर्षीया वर्षा राई, ५८ वर्षीया फूलकुमारी राई, १९ वर्षीय जिनोद राई र २५ वर्षीय तिलक राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक दुर्गा रेग्मीले जानकारी दिनुभयो ।घटनास्थल सदरमुकाम दिक्तेलबाट करिब २४ कोस दक्षिणमा पर्दछ । प्रहरीका अनुसार मृतक दिलकुमारको शव परीक्षणका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More