एजेन्सी। चीनमा महिलाहरुले आफ्नै दुधबाट साबुन बनाउने गरेको खुलासा भएको छ । ताइवानको एक समाचार संस्थाले जनाए अनुसार चीनमा महिलाहरुले आफ्नै स्तनबाट निस्कने दुधबाट साबुन बनाउने गरेका छन्। प्रसुती भएदेखि दुई बर्षसम्म बफ्ना नानिहरुलाई आमाको दुध पौष्टिक मानिन्छ। तर आफ्नो बच्चालाई खुवाउनुपर्ने दुधबाट व्यापारिक प्रयोजनका लागि सावुन बनाउन आमाहरुले आफ्नो दुध कम्पनीहरुलाई दिन थालेको खुलासा भएपछि अधिकारीहरु अचम्मित भएका छन्। चिनियाँ अधिकारीहरुले आफ्नै दुधबाट साबुन बनाउने काम नगर्न त्यस्ता महिलाहरुलाई चेतावनी समेत दिएका छन्। चीनका साबुन कम्पनीहरुले आफ्ना साबुनहरु महिलाको दुधबाट बनेको प्रचार गर्दै ग्राहकहरुलाई लोभ्याउने गरेका छन्। महिलाको दुधबाट बन्ने साबुनमा पोषक तत्व बढी हुने र छालालाई फाइदा गर्ने बताएपछि यसको माग समेत वढ्दै गएको बताइएकव छ। तर प्रसासनको चेतावनी पछि यसको व्यापारमा कस्तो प्रभाव पर्ने हेर्न वाँकी रहेको समाचारमा उल्लेख छ।



