निकै चर्चामा रहेको चलचित्र कामासुत्र थ्रिडीको अर्को ट्रेलर सार्वजनिक गरिएको छ।बोल्ड नायीका शर्लिन चोपरका कारण पनि निरन्तर समाचारको हेडलाइन बनिरहेको चलचित्र कामासुत्र थ्रिडी हिन्दी र अंग्रेजी दुइ भाषामा सार्वजनिक गरिदैछ।चलचित्रले रिलिज अघिनै जबरजस्त सफलता हासिल गरिसकेको छ। एक त चलचित्रलाई राम्रो मिडिया स्पेश मिलेको छ भने ८६ औं एकेडेमिक अवार्डमा दुइ बिधामा नोमिनेशन हुन् चलचित्र सफल भएको छ।चलचित्रमा दन्द्ध र सेक्सको भरपुर्ण समिश्रण देख्न पाइनेछ। रुपेश पलले निर्दशण गरेको चलचित्रमा मिलन गुणाजी र शर्लिन चोपरा लिड रोलमा छन् ।शर्लिनले चलचित्रमा बोल्ड सिन दिएकी छिन्। चलचित्रले शर्लिनको फिल्मी करिएर पनि निकै माथी पुर्याउने अपेक्षा गरिएको छ। चलचित्र मे १४ मा सार्वजनिक हुदैछ।
यस्तो छ ट्रेलर



