२ माघ, काठमाडौं । पूर्वमन्त्रीसमेत रहेका एकीकृत नेकपा माओवादीका पूर्वपोलिटब्यूरो सदस्य लोकेन्द्र विष्टमगरले प्रचण्ड, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटीलाई विदावारीका लागि तयार रहन सुझाव दिएका छन् ।‘मेरो भनाइ के छ भने पदत्यागै गर्ने हो भने चारैजना हट्नुपर्छ । अध्यक्ष पनि, बाबुराम पनि । नारायणकाजी पनि र पोष्टबहादुर पनि,’ मगरले अनलाइनखबरसँग कुराकानी गर्दै भने, ‘हामी चलाउँला न त, के फरक पर्यो ? छौं त नि हामी । हामी पनि गुच्चा खेलेर त आएका हैनौं । हामी पनि पार्टी चलाउन सक्छौं ।’चार नेतालाई लक्षित गर्ने नेता विष्टमगरले थपे- ‘मैले बूढाहरुलाई अविश्वास गर्दिँन । तर, नेताहरुलाई मेरो गम्भीर र हार्दिकतापूर्वक अनुरोध के छ भने तपाईहरु अब विदावारीका लागि तयार हुनोस् । अब तपाईहरु साठी पैंसठ्ठी पनि पुग्न थाल्नुभो । अब नेपाली क्रान्तिको बाँकी कार्यभारलाई पूरा गर्ने अभिभारा नयाँ पुस्तामा जानुपर्छ ।’
प्रचण्डनिकटका रुपमा चिनिने नेता मगरले प्रचण्ड उदार भएर पार्टी बिगि्रएको बताएका छन् । तपाईको विचारमा एमाओवादीका चार शीर्षनेता प्रचण्ड, बाबुारम, नारायणकाजी र पोष्टबहादुरका कमजोरी के के हुन् भन्ने अनलाइनखबरको प्रश्नमा उनले यसरी गल्ती केलाए-प्रचण्ड कठोर भएको भए पार्टी बिग्रने थिएनअध्यक्ष प्रचण्ड कुशल नेतृत्व त हुँदै हो । कुरो बुझन् सक्ने, सहनशीलता भएको, विषयलाई ठीक ढंगले ग्रहण गर्न र संश्लेषण गर्न सक्ने, ‘एक्स्ट्रीम’मा गएर पनि पार्टीलाई बचाउन सक्ने ।तर, म्यानेजमेन्टमा प्रचण्डको अलि कमजोरी छ । भेटघाट आदि मिलेको छैन । सचिवायल व्यवस्थित छैन । पारिवारिक कुरा पनि उठिरहेका छन् । वैचारिक, राजनीतिक र संगठनात्मक कमाण्ड अलि पुगेको हैन कि ? छा्डिदिनुभयो कि ? अलि उदार हुनु भो कि ? यो क्षेत्र उदार हुने क्षेत्र होइन ।प्रचण्ड कठोर होइन, एकदम उदार हुनुहुन्छ । प्रचण्ड कठोर भन्ने त हास्यास्पद कुरा हो । प्रचण्ड कठोर भएको भए यो पार्टी यसरी र्याफ्याल हुने नै थिएन । यसरी लथालिङ हुने नै थिएन । प्रचण्ड कामरेड उदार भएर बिगि्रएको हो । म त सीधा भन्छु । प्रचण्ड कमरेड उदार हुनुभो, असावधान हुनुभो । साह्रै लचक हुनुभो ।
पार्टीमा जनवाद पनि बढी भो । वैद्यजीहरु फुट्नुभन्दा पहिले के गर्नुभएन ? सदनमा कांग्रेस र एमालेले भन्दा बढी गाली गर्नुभो । सडकमा कालो झण्डा देखाउनुभो । बन्द र चक्काजाम गर्नुभो । पुत्ला जलाउनुभो । के गर्नुभएन ? पार्टीभित्र पार्टी चलाउनुभो । योजनाभित्र योजना चलाउनुभयो । यस्तो त कांग्रेसभित्र गरेको भए पनि कारवाही हुन्थ्यो । हामीले पाँचबुँदे आचारसंहिता र एक्काइशौं शताब्दीको जनवाद भन्दै पूरै अराजकताको अभ्यास गर्न दियौं । यो कुरा एकदम बेठीक थियो । त्यसकारण मलई के लाग्छ भने अध्यक्ष प्रचण्ड कामरेडको सबल पक्षका सँगसँगै कमजोर पाटा पनि रहे, जसले गर्दा पार्टी बन्ने भन्दा बिग्रिनेतिर गयो ।बाबुराम भट्टराई : चाँडै उत्तेजित हुने बाबुराम कामरेडका राम्रा पाटा छन् । उहाँ राम्रो अध्ययन गर्नुहुन्छ, पढलेख गर्नुहुन्छ । वौद्धिक व्यक्तित्व हो । यो हिसाबले हामीले मान्नुपर्ने हुन्छ । तर, फेरि उहाँको कमजोरी के छ भने उहाँले अलि बढी आफ्नो समूह, गुट भनौं अथवा लबी भनौं, त्यसको कुरा ज्यादा सुन्नुहुन्छ । यस्तो हाइटमा आइसकेको नेताले त्यस्तो कुरा धेरै सुन्नुहुँदैन क्या । सुन्नु त पर्छ, तर त्यसलाई ठीक ठीक ढंगले राखेर तुरुन्तै उत्तेजित हुने आदि गर्नुहुँदैन ।
अर्को कुरा, बाबुरामजी छिटो आवेसमा आउनुहुन्छ । प्रचण्डजति धैर्यवान् हुनुहुन्न । एकदम आवेशमा आउनुहुन्छ र भित्र जे लाग्यो, त्यो स्वाट्टै गरिहाल्नुहुन्छ । जस्तो फेसबुकमा आउने कुरा, पदत्याग गर्ने कुरा । यस्तो कुरा गर्न हुन्थेन नि । यो त उहाँले भित्र पो गर्ने हो त । विज्ञान प्रविधिको जमानामा मैले यस्तो गर्न किन नपाउने भन्ने त होला उहाँलाई, गरी पनि हाल्नुभो । तर, हामीले मार्क्सवादका आधारभूत प्रस्तावनालाई त काट्न भएन नि । पार्टीभित्रका कुरा बाहिर जुन पायो त्योबेला ल्याउन ठीक हुँदैन । बाहिर गर्ने कुरा बाहिर गर्नुपर्छ, भित्र गर्ने कुरा भित्र गर्नुपर्छ । एउटा मापदण्ड त हुन्छ नि पार्टीको । अनुशासन त हुन्छ नि । यो स्तरको नेतृत्वले त झन् यहीरुपमा जानुपर्यो नि । यसकारण बाबुरामजी अलिकति गुटबन्दीको तहबाट माथि उठ्न सक्नुभएन कि ? अध्यक्षले त गुटबन्दी पूरै छाडिदिनुभो । लाजिम्पाटमा अस्ति भएको भेला हामीले अध्यक्षलाई सुझाव दिन र सहयोग गर्न मात्रै आयोजना गएकिो हो, गुटको भेला होइन त्यो ।
नारायणकाजी : सरदरको नेता
नारायणकाजी दाइको चाहिँ के छ भने उहाँको अर पाटो ठिकठिकै छ, उहाँ अलिकति हाइटमा उपाध्यक्ष भइसकेपछि उपाध्यक्षको हाइट र वेटलाई मेन्टेन गर्ने कुरामा अलि कमी रह्यो कि जस्तो लाग्छ । व्याख्या विश्लेषण आदि त ठिकै हुने कुरो भैहाल्यो । तर, उहाँको अलिकति स्फेसिफिक लिडरभन्दा सरदर नेतामा पर्नेखालको पो हुने हो कि भन्ने डर लाग्छ । मैले उहाँलाई अवमूल्यन गरेको होइन ।उहाँले पनि त्यो गुट सुट हटाऔं भन्ने, फेरि त्यही कुरा ल्याइरहने गाँठे ! यस्तो गरेर कसरी हुन्छ ? कमसेकम गुटगत मानसिकता हटाएर, एउटा हाइटमा आएर चारजना बूढाहरु सँगै बसेर सबैको नेता हुने काम पो गर्नुपरो त । आफ्ना पूर्वस्कुलका मान्छेहरु बस्ने, सारा गर्ने अनि धम्की र घुर्कीमात्रै गर्ने । धोबीघाटको सरजाम जुटाउने । अनि यसरी कसरी हुन्छ ? पटक-पटक धोबीघाटको कुरा किन आउँछ ? त्यसकारणले उहाँका कैयौं कुराहरु राम्रा हुँदाहुँदै यी कुरा बेठीक छन् ।
पोष्टबहादुर : कमाण्ड सम्हाल्ने समस्या
पोष्टबहादुर दाइका धेरै कुरा ठीकै छन् । उहाँ एउटा किसान पृष्ठभूमिबाट आएको सीधा नेता हुनुहुन्छ । इमान्दार हुनुहुन्छ । लामो त्याग र बलिदान पनि छ । उहाँको छोरो नै सहिद भयो । माथिल्लो नेतृत्वको परिवार सहिद भएको उहाँ नै हो । उहाँको सबै कुरा राम्रो छ । तर, उहाँले छिट्टो कमाण्ड सम्हाल्नेमा समस्या छ ।पोष्ट दाइलाई हामीले सल्लाह सुझाव पनि दिइराखेका छौं । वहाँमा अलिकति सार्पनेस हुनुपर्ने हो । त्यो हाइटमा गइसकेपछि पुरानै तरिकाबाट त धान्न गाह्रो हुन्छ । उहाँ त हाम्रो पूर्वमहासचिव पनि पो हो त । त्यसकारणले दाइको चाहिँ अरु सबै ठीक हुँदाहुँदै पनि अलि सार्पनेस र ओभरअल, अलिकति छिटो पहल लिने कुरा थोरै छुट्न खोज्छ । अरु कुरामा त ठिकै छ ।
.jpg)


