काठमाडौं, पौष १७ । चीनकी एक महिला चिकित्सक नवजात शिशुको बेचबिखनको आरोपमा पक्राउ परेकी छिन् । चीनको शाँशी प्रान्तस्थित अस्पतालमा कार्यरत ती महिला चिकित्सकले अस्पतालमा जन्मेका नवजात शिशुको स्वास्थ्य स्थिति कमजोर रहेको भन्दै केही दिन अस्पतालमा राख्न अभिभावकलाई सल्लाह दिने गरेको र पछि सो नवजात शिशु बेच्ने गरेको खुलासा भएको छ ।झाँग नामकी यी महिलाले तीन वर्षको अवधिमा सात जना नवजात शिशुको बेचबिखन गरेको स्वीकारेकी छिन् । उनी विरुद्ध चीनको अदालतमा मुद्दा चल्ने भएको बीबीसीले जनाएको छ ।ती महिलामाथि मृत्युदण्डसम्मको सजाय हुने सक्ने अनुमान गरिएको छ ।